बुधबारे जेसीजको `खासदिन जन्मदिन´कार्यक्रम सम्पन्न

0
1001

बुधबारे।

आहा स्कुल अभियान अन्तर्गत बुधबारे जेसीजले `खासदिन जन्मदिन´ कार्यक्रम बुधबार त्रिभुवन मावि बुद्धशान्ति १ मा मनाएको छ ।

बुधबारे जेसीजका अध्यक्ष अनिल वाग्लेको अध्यक्षता तथा कुशल अधिकारीको संयोजकत्वमा बुधबारे जेसीजका महासचिव सुजित बरालको जन्मदिनको अवसर पारेर `खासदिन जन्मदिन´ कार्यक्रम सम्पन्न गरिएको हो ।

यस अवसरमा सो बिद्यालयका मन्टेस्वरी बेसका विद्यार्थीलाई खेलौनाका सामग्री वितरण गरिएको हो । आहा स्कुल अभियान संयोजक दिपेन सिटौलाले सन्चालन गरेको कार्यक्रममा बुधबारे जेसीजका अध्यक्ष अनिल वाग्ले, त्रिभुवन माबिका प्रधानाध्यापक कुमार आचार्य, सोही बिद्यालयका शिक्षक अबिभावक संघ अध्यक्ष पूर्ण सन्जेलले मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा बुधबारे जेसीजका पुर्व अध्यक्ष रमेश बराल, कार्यकारिणी उपाध्यक्ष अर्जुन ढकाल, कानुनी सल्लाहकार गजुहाङ योङहाङ, कोषाध्यक्ष मुकेश भट्टराई, उपाध्यक्ष विनोद रिजाल लगायतको आतिथ्यता थियो । महासचिव बरालले जन्मदिनको खर्च बचाएर विद्यार्थीलाई खेलौना उपलब्ध गराउनु भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here