बिर्तामोड ,
बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका उपाध्यक्ष पर्शुराम सिटौलाको ५५ वर्षको उमेरमा माघ २१ गते बुधबार निधन भएको छ ।

अचानक नाक र मुखबाट अचानक रगत बगेर बेहोस भएका सिटौलालाई उपचारका लागि वीएण्डसी अस्पताल पुर्याए लगत्तै हृदयघातका कारण मृत्यु भइसकेको चिकित्सकले घोषणा गरेको विराट बहुउद्देश्यीय सहकारी संस्थाका सचिव रुद्र सिटौलाले जानकारी दिएका छन् ।
बिर्तामोड–३ बिर्ताबजार निवासी सिटौला बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपाध्यक्ष, विराट बहुउद्देश्यीय सहकारी संस्थाको उपाध्यक्ष, अनारमनी पव्लिक क्याम्पसको उपाध्यक्ष, विराट भरत विश्रान्तिको सदस्य , सिटौला सेवा समाजको निवर्तमान अध्यक्ष , नेपाली काँग्रेस झापाका क्षेत्रीय प्रतिनिधी, नारायण गोपाल स्मृति प्रतिष्ठानका सदस्य, आदर्श सामुदायिक प्रहरी सेवाकेन्द्रका पूर्व उपाध्यक्ष लगायतका पदमा रहेर सामाजिक क्षेत्रमा क्रियाशील रहेका छन् । उनको नेतृत्वमा हालै बिर्ताबजारको दुर्गा मन्दिर नयाँ बनाइएको थियो ।
दिवंगत सिटौलाका श्रीमती पुण्यवति सिटौला, दुई छोरीहरु एलिजा र सलिजा सिटौला र एक छोरा शैलेन्द्र सिटौला रहेका छन् । उनको बिहीबार कन्काई माईमा अन्त्येष्टी गरिएको परिवारिक श्रोतले जनाएको छ ।






























