बिर्तामोड ।
झापाको बिर्तामोड –४ मा रहेको परोपकार तथा अनुसन्धान केन्द्रद्वारा सञ्चालित वृद्धाश्रमको ११ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष विक्रम मादेनको अध्यक्षता तथा विर्तामोड –४ का वडाध्यक्ष कुलप्रसाद संग्रौलाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थाकी उपाध्यक्ष कल्पना दाहालले स्वागत गरेकी थिइन् ।
संस्थाका सचिव हरिप्रसाद सिटौलाले वार्षिक प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा वृद्धाश्रमका सल्लाहकार संयोजक गणेशप्रसाद खनाल, सदस्य सूर्यनारायण गणेश, देवशान्ति टोलविकास समितिका अध्यक्ष गोकुल अधिकारी, डा.हिराबहादुर श्रेष्ठ, दाता लक्ष्मी प्रसाईलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रमको सञ्चालन संस्थाका सहसचिव विष्णुप्रसाद उप्रेतीले गरेको व्यवस्थापक गोपाल बाराकोटीले जानकारी दिए ।





























