सनी लियोनीसँग ठगी मुद्दामा प्रहरीले गर्‍यो सोधपुछ

0
973

काठमाण्डौं ।

बलिउड अभिनेत्री सनी लियोनीमाथि ठगीको आरोपमा अनुसन्धान सुरु भएको छ। केरला प्रहरीले लियोनीलाई बोलाएर उनीमाथि दायर मुद्दाका सम्बन्धमा सवालजवाफ गरेको हो।

लियोनीमाथि एक व्यक्तिले २९ लाख भारतिय रुपैयाँ ठगी गरेको आरोप लगाएका छन्। पेरु मबरुरमा बस्ने आर श्रेयसले लियोनीविरुद्ध ठगीको आरोप लगाएका हुन्। श्रेयसका अनुसार लियोनीले कार्यक्रमका लागि पैसा लगेकी थिइन् तर उनले कार्यक्रममा उपस्थित हुन अस्विकार गरिन्। यसै मामिलामा केरला क्राइम ब्रान्चले उनीसँग सोधपुछ गरेको हो।

सनीले भने प्रहरीलाई आफू कोरोनाका कारण कार्यक्रममा भाग लिन असमर्थ भएको बताएकी छिन्। आयोजकले पाँच पटक कार्यक्रम रद्द गरेको र निर्धारित समयानुसार कार्यक्रम आयोजना नगरेको सनीले दाबी गरेकी छिन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here