झापा, प्रधानमन्त्री केपी शर्मा ओलीकै गृह जिल्ला झापाका पत्रकारहरुले ओलीको कदम असंवैधानिक भएको भन्दै आज बिर्तामोडमा प्रर्दशन गरेका छन् ।
बिर्तामोडस्थित मुक्ति चोकमा भेला भएका झापाली पत्रकारहरुले विरोधि कानुन फिर्ता गर, संबिधानको रक्षा गर, प्रतिगमन मुर्दावादल गायतका नारा लगाउँदै प्रर्दशन गरेका पत्रकारले प्रधानमन्त्री ओलीको संविधान विरोधी कामले प्रतिगमन निम्तिएको भन्दै सच्याउनु पर्ने बताए ।

नेपाल प्रेस युनियन झापा र प्रेस संगठन नेपालले संयुक्त आयोजना गरेको प्रदर्शनमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), नारी सञ्चार गृह, आदिवासी पत्रकार संघसहित विभिन्न पत्रकारजन्य संघ÷संगठनले समेत ऐक्यवद्धता जनाएका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ झापा अध्यक्ष तारामणि सापकोटा, महासंघ प्रदेश १ का सदस्य तीर्थ सिग्देल, महासंघका पूर्व अध्यक्ष कृष्ण हुमागाई, महासंघका पूर्व अध्यक्ष गोविन्दचन्द क्षेत्री, प्रेस संगठन नेपाल प्रदेश १ का संयोजक राजन केडी, झापा संयोजक मुक्ति पौडल, फोनिजका प्रदेश १ इन्चार्ज दिपिन राई, प्रेस युनियनका पूर्व केन्द्रिय सदस्य लोकराज ढकाल, रेडियो विराटकी प्रवन्ध निर्देशक लीला अनमोल, आदिवासी पत्रकार संघका अध्यक्ष इन्द्रसिंह राजवंशी, प्रेस संगठनका प्रदेश सदस्य सुव्रत न्यौपाने, नारी सञ्चार गृहकी अध्यक्ष भिमा शिवाकोटी लगायतले प्रधानमन्त्री ओलीको कदम प्रेस विरोधी भएको बताउनुभयो ।

प्रेस संगठन झापाका संयोजक मुक्ति पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रममा पत्रकार महासंघ झापाका उपाध्यक्ष एकराज गिरी, नेपाल प्रेस युनियन झापाकी अध्यक्ष इन्द्र पूर्वेली, पत्रकार राजेन्द्र गौतम, देशराज नेम्वाङसहितका पत्रकारहरु सहभागी थिए ।































