तालिममा सिकेको सिप व्यवहारमा उतार्न प्रशिक्षार्थीलाई आग्रह

0
757

तुलसीप्रसाद निरौला,बिर्तामोड ।

झापाको बिर्तामोडमा आयोजित कार्यक्रमका सहभागी वक्ताले तालिममा सिकेको सिप व्यवहारमा उतार्न प्रशिक्षार्थीलाई आग्रह गरेका छन् ।

कादम्विनी पोग्राम प्रोडक्सन हाउस बिर्तामोडको आयोजनामा बिर्तामोड –४ का टोल विकास संस्थाका प्रतिनिधीहरुका लागि क्षमता अभिवृद्धी तथा उद्घोषण सम्वन्धी पाँच दिवसिय प्रशिक्षण समापन कार्यक्रममा उनीहरुले यस्तो आग्रह गरेका हुन् ।

बिर्तामोड –४ का ३२ वटा टोल विकास संस्थाका ६४ जना प्रतिनिधीहरुको सहभागिता रहेको तालिमको सहजीकरण कञ्चनजंघा एफएमका समाचार सम्पादक केशव भट्टराई र स्वस्तिका आचार्यले गरेका थिए ।

बिर्तामोड –४ का वडाध्यक्ष कुलप्रसाद संग्रौलाको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाकी उपमेयर पवित्रा महतारा प्रसाईंको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वडासदस्य कविता डाँगी थापाले स्वागत गरेकी थिइन् ।

 

कार्यक्रममा वीरता जेसीजकी पूर्व अध्यक्ष शरु भूर्तेल खनाल, अध्यक्ष स्वस्तिका आचार्यलगायतले तालिममा सिकेको सिप व्यवहारमा उतार्न प्रशिक्षार्थीलाई आग्रह गरेका थिए ।त्यस्तै पशिक्षार्थीहरु दिक्षा अधिकारी, दमन्ता दाहाल, युवराज चापागाईं , ऋतु निरौलालगायतले तालिम फलदायी भएको वताएका थिए ।

तालिममा सहभागी ६४ जना प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरिएको कार्यक्रमको सञ्चालन प्रशिक्षार्थी झुमा भट्टराई चुडालले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here