एसईई परीक्षा पुरानै शैली र संरचनामा सञ्चालन गरिने

0
990

काठमाडौं,

सरकारले माध्यमिक शिक्षा परीक्षा एसईईलाई पुरानै शैली र संरचनामा सञ्चालन गर्ने भएको छ।

प्रदेश सरकारसँग आवश्यक समन्वय गरी राष्ट्रिय परीक्षा बोर्डले विगत वर्षझैँ एसईई सञ्चालन गर्ने निर्णय गरेको हो। मन्त्रिपरिषद् बैठकले विद्यालय शिक्षाको शैक्षिक सत्र तथा वार्षिक परीक्षा सञ्चालन, व्यवस्थापन सम्बन्धमा प्रदेश सरकारसँग समन्वय गरी बोर्डले नै परीक्षा सञ्चालन, व्यवस्थापन, नतिजा प्रकाशन र प्रमाणीकरणको व्यवस्था मिलाउने गरी बाटो खोलिदिएको हो।

कानूनको अभावमा अझैसम्म पनि कक्षा १० को एसईई परीक्षा राष्ट्रिय स्तरमा सञ्चालन हुँदै आएको छ। एसईईको परीक्षा प्रदेश स्तरबाट सञ्चालन गर्नुपर्ने व्यवस्था भए पनि यसमा राज्यले स्पष्ट कानून बनाउन सकेको छैन।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्राध्यापक डा चन्द्रमणि पौडेलले सरकारले अधिकार प्रदान गरेपछि बोर्डलाई अब अगाडि बढ्न बाटो खुलेको बताए। अब प्रदेश सरकारसँग समन्वय गरी बोर्डले परीक्षाको तयारीलाई अगाडि बढाउने उनको भनाइ छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here