क्षितिज नाट्य साधना प्रतिष्ठानको अध्यक्षमा खतिवडा

३० माघ २०७७, शुक्रबार मा प्रकाशित

तुलसीप्रसाद निरौला ,बिर्तामोड ।

क्षितिज नाट्य साधना प्रतिष्ठान झापाको अध्यक्षमा गजेन्द्र पृथक खतिवडा चयन भएका छन् ।

बिर्तामोड–१ देवी पञ्चकन्या उत्तरमा निर्माणाधिन बहुभाषी, बहुजाति, बहुसांस्कृतिक संग्रहालयसहितको झापा नाटक घरमा आयोजित संस्थाको प्रथम अधिबेशनले पृथकको अध्यक्षतामा ११ सदस्यीय क्षितिज नाट्य साधना प्रतिष्ठान झापाको नयाँ कार्यसमिति गठन गरेको हो ।

क्षितिज नाट्य समूह झापाको विभागिय समिति अन्र्तगत गठित समितिको उपाध्यक्ष सृष्टि आचार्य , सचिव समिक्षा खतिवडा, कोषाध्यक्ष वन्दना मिश्र रहेका छन् ।त्यस्तै समितिको सदस्यहरुमा विवेक मिश्र , रतनकुमार सिगु, गंगाप्रसाद प्रसाईं, रेशु खरेल, सेमी आङ्वुहाङ , प्रकाश भट्टराई, सितादेवी अधिकारी रहेका छन् ।

उक्त समिति चयन गर्नका लागि नेपाल पत्रकार महासंघ झापाका सहसचिव केशव भट्टराई संयोजक र पूर्वाञ्चल दैनिकका उपसम्पादक तुलसीप्रसाद निरौला र बिर्तामोड–१ की वडा सचिव टीका अधिकारी रहेको निर्वाचन समिति गठन गरिएको थियो । उक्त निर्वाचन समितिले निर्वाचन प्रकृयाद्वारा पदाधिकारीहरुको चयन गरेको थियो ।नवनिर्वाचित पदाधिकारीहरुलाई शनिवार झापा नाटक घरमा हुने साँस्कृतिक कार्यक्रममा पद तथा गोपनियताको शपथ खुवाइनुका साथै प्रमाण पत्र प्रदान गरिने बताइएको छ ।

क्षितिज नाट्य समूह झापाका केन्द्रीय वरिष्ठ उपाध्यक्ष हरिप्रसाद भण्डारीको अध्यक्षता तथा विश्व हिन्दू महासंघ नेपालका अभियन्ता धुव्रप्रसाद शिवाकोटीको प्रमुख आतिथ्यमा कार्यक्रममा नचानु विष्णु श्री जंघाटोल सुधार संस्थाका अध्यक्ष भोजकुमार मास्केले स्वागत गरेका थिए ।

कार्यक्रममा विश्व हिन्दू महासंघ नेपालका अभियन्ता धुव्रप्रसाद शिवाकोटीले लोप हुन लागेको नाटक भाषा ,कला, संगीत र साहित्यको संरक्षण र सम्वद्र्धनमा क्षितिज नाट्य साधना प्रतिष्ठान झापाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । त्यस्तै बिर्तामोड –१ का वडासदस्य प्रेमकुमार खरेल , कलाकार सृष्टि आचार्य लगायतले शुभकामना दिएका थिए ।

त्यस्तै क्षितिज नाट्य समूह झापाका केन्द्रीय अध्यक्ष माधब कल्पितले लोप हुन लागेको नाटक , गीत संगीत भाषा ,कला र साहित्यको संरक्षण र सम्वद्र्धन गर्दै सबै जातजाति तथा भाषाभाषिको सामुहिक अपनत्व कायम गराउने उद्धेश्यले क्षितिज नाट्य समूह झापाले बहुभाषी, बहुजाति, बहुसांस्कृतिक संग्रहालयसहितको झापा नाटक घर निर्माण गरीरहेको बताउँदै नवगठित क्षितिज नाट्य साधना प्रतिष्ठान झापाले सबै क्षेत्रका श्रष्टालाई अवसर प्रदान गरी उनीहरुका प्रतिभा प्रस्फुटन गराउने बताए ।

कार्यक्रममा क्षितिज संगीत साधना प्रतिष्ठान झापाका गायकहरु निरज पोखरेल , जीतेन्द्र श्रेष्ठ ,गोविन्द रपाल, लगायतले गीत प्रस्तुत गरेको कार्यक्रममा क्षितिज नाट्य समूह झापाका कोषाध्यक्ष मुना प्रसाई, केन्द्रीय सदस्यहरु माधव सिटौला , राजु खरेल, क्षितिज साहित्य प्रतिष्ठान झापाका अध्यक्ष तुलसीप्रसाद भट्टराई लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमको सञ्चालन क्षितिज नाट्य समुहका केन्द्रीय अध्यक्ष तथा झापा नाटक घर निर्माण व्यवस्थापन समितिका सचिव माधब कल्पितले जानकारी दिए । ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here