नयाँ पाठ्यक्रमको पहिलो तालिम झापामा

0
443

लक्ष्मीपुर।

पाठ्यक्रम विकास केन्द्रले शैक्षिक सत्र २०७७ देखि लागू हुने गरी कक्षा १ र कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गरेको छ ।

कक्षा १मा गत वैशाख र कक्षा ११ मा साउनदेखि शैक्षिक सत्र शुरु भइ नयाँ पाठ्यक्रम लागू हुनुपर्ने भए पनि कोरोना माहामारीका कारण गएको मंसीरदेखि मात्र नियमित पठनपाठन शुरु भएको छ ।

नयाँ पाठ्यक्रम कार्यान्वयन अघि नै नयाँ विषयवस्तुको विषयमा शिक्षकलाई तालिम दिनुपर्ने भए पनि अहिलेसम्म यस्तो हुन सकिरहेको छैन ।

मुलुकका विभिन्न जिल्लामा पालिकास्तरमै केही पालिकाहरुले नयाँ पाठ्यक्रमको तालिम दिने गरेको पाइए पनि झापामा कुनै पनि स्थानीय सरकारले यस विषयमा चासो नदेखाइरहेको वेलामा नेल्टा झापा शाखाले कक्षा ११को अंग्रेजी विषयको एकदिने पाठ्यक्रम सम्वन्धी अन्तरक्रिया आयोजना गरेको छ ।

अंग्रेजी शिक्षकहरुको छाता संगठन नेपाल अंग्रेजी भाषा शिक्षक एशोसिएशन झापा शाखाले कक्षा ११को अंग्रेजी विषयका लेखक एम. साउदलाई सहजकर्ताका रुपमा उपस्थित गराइ कक्षा ११ मा अध्यापन गराउने एक सयभन्दा बढी शिक्षकहरुलाई सो प्रशिक्षण दिइएको हो ।

शुक्रवार झापाको बिर्तामोडस्थित आदर्श बैंक्वेटको सभाहलमा आयोजित सो कार्यक्रममा आयोजनाबाट नयाँ पाठ्यक्रमवारे जानकारी प्राप्त भएको र यसले कक्षा ११मा अंग्रेजी विषय अध्यापन गर्ने शिक्षकका लागि अत्यन्तै प्रभावकारी भएको शिक्षक अमृत सुव्वाले वताए ।

सीमित स्रोत र साधनका बाबजुद नेल्टा झापा शाखाले झापाली अंग्रेजी विषयका शिक्षकहरुलाई विभिन्न पालिकाका शिक्षा शाखासंग समन्वय गर्दै विभिन्न विषयवस्तुलाई समेटेर अल्पकालीन तालिमहरु सञ्चालन गर्दै आएको छ ।

सो अन्तरक्रिया कार्यक्रम बिर्तामोड नगरका शिक्षा प्रमुख तिलचन भण्डारीको विशेष आतिथ्य तथा नेल्टा झापाका अध्यक्ष धर्मेन्द्र भट्टराईको अध्यक्षतामा भएको थियो । नेल्टाका उपाध्यक्ष केशव मैनालीेले सञ्चालन गरेको कार्यक्रममा अध्यक्ष भट्टराईले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here