राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठन कचनकवल इकाई समिति गठन

0
497

भद्रपुर ।

राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठन कचनकवल गाउँपालिका इकाई समिति गठन गरिएको छ ।

कचनकवल २ सुुकुनाडाँगीस्थित सामुदायिक भवनमा शनिवार सम्पन्न राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठन गाउँपालिका स्तरीय अधिवेशनले विद्यार्थी नेता विकास घिमिरेको अध्यक्षतामा इकाई समिति गठन गरेका हुन ।

समितिको सहसचिवमा सुरज साहसहित ३३ जना सदस्य रहेको जनाइएको छ । राप्रपाका नेता राजेन्द्र लिङ्गदेनको प्रमुख आतिथ्यमा भएको अधिवेशनमा राप्रपा गाउँपालिका अध्यक्ष रवि ओझा, कचनकवल गाउँपालिकाका अध्यक्ष अञ्जार आलम, गाउँपालिकाका उपाध्यक्ष निमसरि राजवंशी, युवा नेता मुन्ना आलम लगायतले नवगठित इकाई समितिलाई कार्यकाल सफलताको शुभकामना दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here