दुहागढी ।

पूर्व विद्यार्थीले झापा मेचीनगर १४ दुहागढी स्थित बाल सुबोधिनी माध्यमिक विद्यालयलाई २० हजार रुपैयाँ सहयोग प्रदान गरेका छन् ।
हाल अमेरिकामा रहेका पूर्व विद्यार्थी विकास मैनालीले सरस्वती पूजाको अवसर पारेर आफू पढेको विद्यालयलाई सहयोग गरेका हुन् ।
विद्यालयमा आइतबार आयोजित एक कार्यक्रमका बीच दाता पूर्व विद्यार्थी मैनालीका पिता एवं सोही विद्यालयका व्यवस्थापन समितिका पूर्व अध्यक्ष अविनारायण मैनाली र उनकी धर्मपत्नी कमला मैनालीले संयुक्त रुपमा सो रकम प्रधानाध्यापक विश्व थापालाई हस्तान्तरण गरेका थिए ।
रकम ग्रहण गर्दै प्रधानाध्यापक थापाले दातालाई धन्यबाद दिएका थिए ।






























