झापा आन्दोलनका योद्धा चौधरीलाई निःशुल्क घर

0
639

झापा, झापा आन्दोलनका योद्धा टंकप्रसाद चौधरीले निःशुल्क घर पाएका छन् ।
बिर्तामोड नगरपालिका ४ मा अरुकै घरमा आश्रय लिएर बसेका चौधरीलाई समाजसेवी विदुर तिवारीले निःशुल्क जग्गा उपलब्ध गराएपछि बिर्तामोड नगरपालिकाले घर बनाइदिएको हो । विपन्न आवास कार्यक्रम अन्तरगत बिर्तामोड नगरपालिकाले चौधरीलाई ४ नम्वर वडामा तीन कोठे घर निर्माण गरिदिएको हो ।
खानेपानीका लागि ट्युवेल, शौचालय सहितको व्यवस्था सहित घर निर्माण गर्दै नगरपालिकाले आज झापा विद्रोहका योद्धा चौधरीलाई घर हस्तान्तरण गरेको हो । बिर्तामोड नगरपालिका प्रमुख ध्रुवकुमार शिवाकोटी, उपप्रमुख पवित्रा महतरा प्रसाई, प्रमुख प्रशासकीय अधिकृत गणेश प्रसाद दाहाल, प्रशासन प्रमुख देवराज कार्की, जग्गा दाता तिवारीले चौधरीलाई संयुक्त रुपमा घरको चावी हस्तान्तरण गरेका थिए ।
समाजसेवी तिवारीले निःशुल्क उपलब्ध गराएको साढे ५ धुर जमिनमा नगरपालिकाले घर निर्माण गर्दै हस्तान्तरण गरेपछि चौधरीले खुशी ब्यक्त गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here