सुरुङ्गा जेसीजद्वारा बहिरा विद्यार्थीलाई सहयोग

0
523

सुरुङ्गा ।

सुरुङ्गा जेसीजले फरक क्षमता भएका विद्यार्थीलाई शैक्षिक सामग्रीका रुपमा झोला वितरण गरेको छ ।

कनकाई माध्यमिक विद्यालय सुरुङ्गाको सभाहलमा एक कार्यक्रमका वीच सो विद्यालयमा अध्ययनरत ६० जना सुस्त श्रवण तथा बहिरा विद्यार्थीलाई झोला वितरण गरियो ।

सुरुङ्गा जेसीज वर्ष २०२१ का अध्यक्ष यदुका ओली उप्रेती (उषा) को अध्यक्षता, कार्यक्रम संयोजक रिसब चहारको स्वागत मन्तव्य र सांस्कृतिक संयोजक मनुसा श्रेष्ठको आस्था वाचन रहेको कार्यक्रममा प्रमुख अतिथि कनकाई नगरपालिका वार्ड नं. ३ का वार्ड अध्यक्ष रुद्रप्रसाद चिमरिया, विद्यालयका प्रधानाध्यापक कर्णबहादुर डाँगी, सुरुङ्गा जेसीजका पूर्व अध्यक्ष सरला पोखरेल लगायतले समाजसेवाको क्षेत्रमा सुरुङ्गा जेसीजले गरेको काम स्तुत्य रहेको बताएका थिए ।

कार्यक्रममा दमक–५ निवासी खेम भण्डारी र सुष्मा भण्डारीले वितरण गरिएको झोलाको सौजन्य गरेका थिए भने विर्तामोड निवासी मिलन ओलीले वितरण कार्यको संयोजन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here