पत्रकार छविलाल दवाडीलाई पत्नी शोक

0
1322

बिर्तामोड ।

पत्रकार छविलाल दवाडीलाई पत्नीशोक परेको छ । नेपाल पत्रकार महासंघ १ नं. प्रदेशका पार्षद् तथा सतासी साप्ताहिकका सहसम्पादक दवाडीकी श्रीमती अनिताको ५९ वर्षको उमेरमा मंगलबार दिउँसो अचानक निधन भएको हो ।

शिवसताक्षी–११ दूधेस्थित घरमा बसिरहेको बेला अचानक उनी लडेको र तत्कालै मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । दवाडीका छोरा–बुहारी राम–शोभा रहेका छन् । २०२१ साल माघ २३ गते दक्षिण सिक्किम भारतमा जन्मिएकी अनिताको विस २०३१ फागुन २५ गते पत्रकार छविलालसँग विवाह भएको थियो ।

उनी ‘लो ब्लड प्रेसर’बाट पीडित थिइन् । स्वर्गीय दवाडीको बुधबार बिहान १० बजे कनकाई माई पश्चिम तटीय घाटमा अन्त्येष्टी गरिने पारिवारिक स्रोतलाई उल्लेख गर्दै पत्रकार शान्तिराम बस्नेतले जानकारी दिए ।

पत्रकार दवाडी सताक्षी प्रेस क्लवका संस्थापक अध्यक्ष नेपाल शिक्षक महासंघ झापाका सहअध्यक्ष रहेका छन् भने उनी नेपाल विद्यालय कर्मचारी परिषद्का पूर्व केन्द्रीय परिषद् सदस्य थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here