एनबीको निधनमा संघ–संस्थाको श्रद्धाञ्जलि

५ फाल्गुन २०७७, बुधबार मा प्रकाशित

इलाम ।

इलामको रोङ गाउपालिकाकी उपाध्यक्ष चन्द्रकला राईलाइ तथा सञ्चारकर्मी भारती राइलाई परेको पितृशोकमा बिभिन्न सघ सस्थाले दुख प्रकट गरेका छन् ।

उहाहरुको बुवा नेत्रबहादुर राईको गत सनिबार निधन भएको थियो । मगलबार बिभिन्न संघसस्थाका प्रतिनिधिले उहाको मुल घर रोङ गाउपालिका–४ पहरीगाउमा पुगेर समबेदना ब्यक्त गरेका हुन् ।

पूर्वाञ्चल दैनिक सहित बिभिन्न संघ सस्थाहरुले दुख प्रकट गरेका छन् । यसरी समबेदना ब्यक्त गर्ने हरुमा नेपाल पत्रकार महासंघ झापा, फोनिज झापा, नारी सञ्चार गृह झापा, नेपाल फोटो पत्रकार महासंघ झापा, खेलकुद पत्रकार मञ्च झापा, आगन एफएम बिर्तामोड, मुखिया प्रोडक्सन हासउ बिर्तामोड झापा, युनिकम नेपाल केन्द्रीय समिति लगायत रहेका छन् ।

त्यसैगरी इलामको रोङ गाउपालिकामा सञ्चालित इको चिया उत्पादक सहकारी सस्था लि, पाथीभरा बहुउद्देश्यीय सहकारी सस्था लि मानब अधिकार मञ्च नेपाल इलाम लगायतको संघ–संस्थाले दुख प्रकट सहित समबेदना ब्यक्त गरेका छन् ।

स्वर्गीय राईको ७३ बर्षको उमेरमा क्यान्सर रोगको कारण निधन भएको हो । साबिक कोल्बुङ ४ को बिभिन्न सामाजिक तथा सामुदायिक कामहरुमा उपभोक्ता समितिको पदाधिकारी समेत रहेर कार्यगरेका थिए । स्वर्गीय राईको श्रीमति जसुदा राई एक छोरा नगेन र छोरीहरु शारदा चन्द्रकला भारती सगिता र रञ्जीता रहेका छन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here