बिर्तामोडका सबै वडामा आधारभूत स्वास्थ्य सेवा शुरु

0
512

झापा ।

झापाको बिर्तामोड नगरपालिकाको सबै वडामा कम्तिमा आधारभूत स्वास्थ्य सेवा शुरु भएको छ । वडा नम्बर–९ मा आज आयोजित एक कार्यक्रमका बीच आधारभूत स्वास्थ्य केन्द्रको सेवा प्रारम्भ भएको छ । प्रदेश सभाका सदस्य एकराज कार्कीको प्रमुख आतिथ्यमा आधारभूत स्वास्थ्य केन्द्रको सेवा प्रारम्भ गरिएको वडाध्यक्ष पवित्रा पाठकले जानकारी दिनुभयो ।

यसअघि नै सेवा प्रारम्भ गरेका वडा नम्बर– १ र ४ मा स्वास्थ्य केन्द्रको भवन निर्माधिन छ । आगामी वर्ष वडा नम्बर–५,६,७,९ र १० मा आधारभूत स्वास्थ्य केन्द्र भवनको निर्माण सम्पन्न गरिने नगरपालिकाका शाखा अधिकृत देवराज कार्कीले बताउनुभएको छ ।

केन्द्रिय सरकारको सहयोगमा निर्माण हुने आधारभूत स्वास्थ्य केन्द्र भवन टाइप वान र टाइप टु मा रहने छन् । सात हजारभन्दा बढी जनसंख्या रहेका वडामा टाइप वान भवन निर्माण हुने छ । त्यसका लागि ६३ लाख रुपैंया छुटियाइएको छ ।

त्यसैगरी सात हजारभन्दा कम जनसंख्या भएका वडामा टाइप टु भवन निर्माण हुने छन् । टाइप टु भवन निर्माणका लागि सरकारले ३८ लाख रुपैंया बजेट विनियोजन गरिएको छ । विर्तामोड नगरपालिका क्षेत्र भित्र तीन वटा स्वास्थ्य चौकी यसअघि नै सञ्चालनमा रहेका छन् । त्यस मध्ये ३ नम्बर वडामा सञ्चालित बिर्तामोड नगर अस्पतालको स्तारोन्नती र भवन निर्माण भइरहेको छ ।

नागरिकलाई कम्तिमा आधारभूत स्वास्थ्य सेवाको पहुँच पु¥याउने लक्ष्यका साथ आजदेखि ९ नम्बर वडामा शुरु गरिएको कार्यक्रमको शुभारम्भमा नगरप्रमुख ध्रुवकुमार शिवाकोटी, उपप्रमुख पवित्रा महतारा प्रसाई, प्रमुख प्रशासकीय गणेशप्रसाद दाहाल, वडाध्यक्षहरु नगेन्द्र संग्रौला र दुर्योधन गुरुङले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here