दोषी पत्ता लगाउने डिआइजीसहितको टोलीलाई फूलमाला लगाएर बिदाई

0
513

काठमाडौं,

भागरथी भट्टको बलात्कार तथा हत्या प्रकरणमा प्रहरीले १३ दिन लामो अनुसन्धानपछि दोषी पक्राउ गर्न सफल भएको भन्दै स्थानीयवासी र गाउँपालिकाले सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदी सहितका प्रहरीलाई फूलमाला लगाएर बिदाई गरेका छन्।

भागरथी हत्याको अनुसन्धानमा डीआईजी उत्तमराज सुवेदी, एसएसपी जनकराज पाण्डे, एसएसपी मुकेशकुमार सिंह, अनुसन्धान ब्यूरोका पञ्चकुमार बाखु, जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डीएसपी नारायणप्रसाद अधिकारी लगायत थिए।

घटनाको अनुसन्धान गर्न डीआईजी सुवेदी सहितका प्रहरी रातदिन निरन्तर अनुसन्धानमा खटिएर दोषी पत्ता लगाएकोमा गाउँपालिका र स्थानीयवासीले फूलमाला पहिर्‍याएर प्रहरी टोलीलाई बिदाई गरेको दोगडाकेदार गाउँपालिका–३ का वडाध्यक्ष चन्द्रदेव जोशीले बताए।

भागरथी हत्या आरोपमा प्रहरीले मङ्गलबार राति गाउँकै दिनेश भट्टलाई पक्राउ गरेको छ। अनुसन्धानमा संलग्न प्रहरीका अनुसार पक्राउ पर्नेमा दोगडाकेदार गाउँपालिका–७, चडेपानी लमकट्टे बस्ने किशोर दिनेश भट्ट भागरथीसँगै सनातनधर्म माविमा कक्षा ११ मा अध्ययनरत विद्यार्थी हुन्।

मङ्गलबार राति १० बजे घरबाटै पक्राउ परेका किशोरलाई जिल्ला प्रहरी कार्यालय बैतडीमा ल्याएको र केहीबेरमा सार्वजनिक गरिने छ। प्रहरीका अनुसार ती किशोरले विद्यालयबाट घर फर्कंदा भागरथीको बलात्कार र हत्या गरेको स्विकारिसकेका छन्। पारिवारिक रिसइबीका कारण हत्या गरेको उनले प्रारम्भिक बयान दिएका छन्।

दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्ट गत माघ २१ गते विद्यालयबाट घर फर्कदा हराएकी थिइन्। भागरथीको शव भोलिपल्ट माघ २२ गते खोचलेक–चडेपानी ग्रामीण सडकखण्डको लडालेक जंगलमा फेला परेको थियो।-थाहाखबरबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here