शिवसताक्षी मेयर कप तेस्रो संस्करण हुने

६ फाल्गुन २०७७, बिहीबार मा प्रकाशित

आकृति तिम्सीना,
शिवसताक्षी,

शिवसताक्षी नगरपालिकाद्धारा आयोजित शिवसताक्षी मेयर कप तेस्रो संस्करण हुने भएको छ ।

कोभिड –१९ कोरोना भाइरस संक्रमणका कारण हुन नसकेको शिवसताक्षी मेयर कप तेस्रो संस्मरण शिवसताताक्षी नगरपालिका नगर खेलकुद विकास समितिले बिहिबार पत्रकार सम्मेलनगरि १५ लाख रुपैयाको वजेटमा सम्पन्न गर्ने सार्वजानिक गरेको हो ।

शिवसताक्षी मेयर कप २०७७ लाई मिनि ओलम्पिकका रुपमा लिइदै यस पटक भने नगर गौरवको आयोजना अन्गरगत दूधे रंगशालामा गरिने भएको छ । । मेयर कप फागुन १७ गते सुरु भइ फाल्गुन २८ गते सम्पन्न हुने छ । मिनि ओलम्पिक प्रतियोगितामा बिभिन्न ८ बिधाको १८ वटा खेल रहने नगर खेलकुद समितिका अध्यक्ष फुर्वा लामाले पत्रकार सम्मेलनमा जानकारी गराएका छन् । जस अनुसार फुटबल , भलिबल, क्रिकेट,बुद्धिचाल ,ब्याडमिन्टन, कबडी, कराँते ,र एथलेटिक्स लगाएतका खेलहरु रहनेछन् ।

प्रतियोगितामा नगरका ११ वटै वडाका खेलाडीहरुको सहभागिता रहने छ । खेलमा फुटबल बिधाका बिजेताले ७५ हजार ,उप–बिजेतले ४१ हजार प्राप्त गर्ने छन् भने भलिबल खेलतर्फ ५०हजार उप–बिजेताले ३० हजार प्राप्त गर्ने छन् । क्रिकेटमा ५० हजार र उप बिजेताले ३० हजार प्राप्त गर्नेछन् ।त्यसैगरि कबर्र्डीले १५ हजार ,ब्यडमिन्टन डबलले १० हजार ब्याडमिन्टन सिङगलले ५ हजार नगद सहित मेडल ,ट्रफी र प्रमाण प्राप्त गर्ने नगर खेलकुद बिकास समितिले जनाएको छ ।

प्रतियोगिताको समय अवधीभरि भलिबल , शिवसताक्षी ३ स्थीत पाराबारीमा हुनेछ भने फुटबल दुधे रंगशालामा हुनेछ ,त्यसैगरि क्रिकेट झिलझिलेमा र कराँते माइधारमा ,कबर्डी माइधार , र एथलेटिक्स ब्याङडाँडामा हुने नगर खेलकुद बिकास समितिका सदस्य सन्तोष पौडेलले जानकारी दिए ।

शिबसताक्षी नगरपालीकाको प्रथम नगर सभाबाट नगरलाई खेलकुदको क्षेत्रमा अगाडी बढाउने उदेश्यका साथ शिवसताक्षी मेयर कप सुरु गरिएको थियो । यस अघिको मेयर कपबाट नगरले बिभिन्न राष्ट्रिय स्तरका खेलाडीहरु उत्पादन गरि सकेको छ । जस अनूसार फुटबलतर्फ अन्डर १३ मा देब मल्लिक, अन्डर १४मा निकेश श्रेष्ठ , अन्डर १८मा संजित राई उत्पादन भएका छन भने एथलेटिक्समा निशा माझी,भलिबलमा सुजन रिजाल,क्रिकेटमा सुजन थपलीया छनौट भइसकेका नगर खेलकुद बिकास समितिले जनाएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here