गणेश अर्याल, इलाम ।

वडा क्षेत्रको सीमाना हेरफेर तथा बिनियोजन बिधेयक सम्सोधन गर्दै रोङ गाउपालिकाको दशौ गाँउ सभा शुक्रबार सम्पन्न भएको छ । सभाले सार्बजनिक नीजि साझेदारी बिधेयक २०७७ समेत पारित गरेको छ ।
गाँउपालिकाको सभाहलमा आयोजित गाँउसभालाई सम्बोधन गर्ने क्रममा बक्ताहरुले गाँउको बिकास निर्माण र बजेटको बिषयमा बिचार ब्यक्त गरेका थिए । सभालाई सम्बोधन गर्नेक्रममा गाँउपालिका अध्यक्ष सम्सेर राईले नागरिकको सहजतालाई ध्यानमा राख्दै सिमानाको बिषयमा छलफल भएको बताए ।
‘‘गाँउमा रोजगार सिर्जना गर्ने र रोजगार दिनको लागि लागि प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनले ठूलो सहयोग पुगेको छ’’ गाँउपालिका अध्यक्ष राईले भने ‘साना साना टोलहरुको बिकासमा स्वरोजगार कार्यक्रम उत्तम बनेको छ ।
सभामा वडाको सिमाना हेरफेरको बिषय वडा अध्यक्ष टेकबहादुर तामाङले सभामा प्रस्तुत गरेका थिए । त्यसैगरी बेरुजुको सम्बन्धमा लेखा समितिका सम्योजक बिमला तामाङ र बिनियोजन बिधेयक सम्सोधन माथीको छलफलको प्रस्ताब आर्थिक बिकास समितिका सम्योजक मात्रिका बरालले सभामा प्रस्तुत गरेका थिए ।
सभामा प्रस्तुत भएको सबै प्रस्ताब सर्बसहमत रुपमा पारित भएको थियो । सभाको सुरुमा उपाध्यक्ष चन्द्रकला राईलाइ परेको पितृशोकमा शोक प्रस्ताब पारित गर्दैै समबेदना ब्यक्त गरेको थियो ।































