समाजसेवा र व्यवसायमा सक्रिय जीवन

0
889

समाजसेवासँगै व्यवसाय क्षेत्रमा स्थापित युवाको रुपमा परिचित छन् –जीवनकुमार खड्का ।

माता पवित्रा देवी र पिता वर्णसिंह खड्काका पुत्र जीवन सामाजिक कामसँगै मानवीय सेवामा उत्तिकै समर्पित छन् । स्पष्ट विचार र कर्ममा विश्वास गर्ने उनी नेपाल रेडक्रस सोसाइटीको आजीवन सदस्य, वीरता जेसीजका अन्तर शाखा संयोजक, लायन्स क्लब अफ बिर्तामोडको निवर्तमान अध्यक्ष जस्ता संस्थामा रहेर सामाजिक काममा समर्पित छन् ।

स्वास्थ्य व्यवसायको क्षेत्रमा उनी स्थापित छन् । बिर्तामोडको त्रिशुल फर्मा, त्रिचन्द्र फार्मेसीका सञ्चालक उनी त्रिवेणी फार्मेसीको प्रबन्ध निर्देशक महिला सामुदायिक स्वास्थ्य केन्द्र बुधवारेको सञ्चालक, पिके फर्माको सदस्य तथा नागरिक अस्पतालको कोषाध्यक्ष हुन् । उनी सहकर्मी पनि हुन् ।

जनमैत्री साकोसको उनी सचिव छन् । आफ्नो व्यवसायसँग सम्बद्ध संस्था नेपाल औषधि व्यवसायी महासंघ जिल्ला शाखा झापाका उनी महासचिव समेत रहेका छन् । राजनीतिक पनि उनी उत्तिकै सक्रिय छन् । नेपाली कांग्रेस आवद्ध उनी नेपाल ट्रेड युनियन कांग्रेस झापाको सहसचिव हुन् ।

बिर्तामोड–४ का वासिन्दा जीवन विपन्न, समस्यामा परेकाहरुलाई सहयोग गर्न पाउँदा खुशी मिल्ने बताउँछन् । नयाँ कुरा सिक्न र नयाँ साथी बनाउन उत्साहित हुने उनी आफ्ना सबै साथी तथा अग्रजहरुबीच उत्तिकै भिजेका छन् । व्यवसायसँगै समाजसेवा आफ्नो जीवनको लक्ष्य बताउने जीवन भन्छन्– ‘व्यवसायिक तथा सामाजिक क्षेत्रमा अझ क्रियाशील हुने सोच रहेको छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here