माटोको ढिस्कोले पुरिएर एक बालकको मृत्यु

0
877

सुनसरी ।

सुनसरीको बराहक्षेत्र नगरपालिका–८ का १४ बर्षीय प्रज्वल राईको बालुवा र माटो सहितको ढिस्कोमा पुरिएर मृत्यु भएको छ ।

आज दिउँसो बराहक्षेत्र–८ सालबन्दी स्थित कोशी नदिको किनारमा रहेको पानी जमेको भौडीको डिलमा खेल्ने क्रममा अचानक प्रज्वललाई बालुवा र माटो सहितको ढिस्को झरी पुरेको स्थानीयले देखी तत्काल उपचारार्थ बराहक्षेत्र नगर अस्पतालमा लगिएको र उपचारको क्रममा बालक प्रज्वलको दिउँसो २ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीले जनाएको छ ।

उनीसंगै खेल्ने गएका उनकै भाई १० बर्षीय राजन राई समेत पुरिएर घाईते भएकोमा उनलाई थप उपचारको लागि घोपा धरान लगिएको प्रहरीले जनाएको छु ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here