भानु माविको ५३ औ बार्षिक उत्सव सम्पन्न

0
1167

आकृति तिम्सीना /शिवसताक्षी । 

झापाको शिवसताक्षी–७ लालझोडामा रहेको भानु माध्यमिक बिद्यालयले ५३ औ बार्षिक उत्सब बिभिन्न कार्यक्रमका साथ मनाएको छ ।

बिद्यालयको प्राङगणमा आयोजित बार्षिक उत्सब कार्यक्रममा अक्षयकोष छात्रबृत्ति बितरण ,कक्षा गत उत्कृष्ठ बिद्यार्थी पुरस्कार बितरण गर्नुका साथै बिभिन्न सांस्कृतिक नृत्य समेत प्रस्तुत गरिएको हो ।

शिवसताक्षी वडा नम्बर ९ का अध्यक्ष तथा नगर शिक्षा ,सामाजिक बिकाश शाखाका संयोजक छबिलाल पाठकको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा भानुभक्त टिकादेबी संग्रौला स्मृति छात्रबृत्ति पुरस्कार कक्षा १ देखि कक्षा १२ सम्मका उत्कृष्ठ तथा जेहेनदार ८ जना बिद्यार्थीहरलाई जनही २२ सय ९५ रुपैंयाका दरले बितरण गरिएको हो ।

जसमा प्राथमिक तहमा छात्र तर्फ योहाङ लिम्बु र छात्रा तर्फ जोया लक्सम त्यसैगरि आधारभुत तह तर्फ आयुष घिमिरे र अम्बिका भटराई प्राप्त गरे भने माध्यमिक तहको छात्रबृत्ति रोबिन आचर्य र यमुना खड्काले पाउन सफल भए ।त्यस्तै जितेन्द्र सरस्वती तुङबाङफे चेम्जोङ छात्रबृत्ति माध्यमिक तहका प्राबिधिक धारका ४ जना उत्कृष्ठ र जेजेनार बिद्यार्थीहरुलाई प्रदान गरिएको छ । उनिहरुलाई जनही ३२ सय ९५ रुपैया प्रदान गरिएको थियो ।

त्यसैगरी टेकनाथ भगिरथा मैनाली छात्रबृत्ति कक्षा १ देखि कक्षा १२ सम्मका ८ जना उत्कृष्ठ तथा जेहेन्दार बिद्यार्थीहरुलाई जनही १४सय ९५ रुपैया बितरण गरिएको बिद्यालयका प्रधानाध्यापक डामकुमार कुँवरले बताए । उक्त कार्यक्रमलाई सफल बनाउन नेपाल रेडक्रस सोसाईटी उपशाखा बिर्तामोडको प्राबिधिक सहयोगमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको र ३८ पिन्ट रगत संकलन भएको शिक्षक फणेन्द्रराज चेम्जोङले जानकारी दिए ।

कार्यक्रममा पुर्व बिद्यार्थीहरुलाई बिभिन्न बिधाका खेलहरु खेलाइएको थियो भने अबिभावकहरुलाई हण्डीफोर तथा म्यूजीकल चियर लगायतका खेल खेलाई मनोरञ्जन प्रदान गरिएको थियो । उक्त अवसरमा नेकपा नगर अध्यक्ष महेन्द्र भट्टराई, अक्षयकोष दाता जितेन्द्रराज चेम्जोङ ,वडा सदस्य बिर्खमया कार्की ,नरमाया कार्की लगायतको शुभकामना मन्तबय रहेको थियो ।

विद्यालयको बार्षिक प्रतिबेदन प्रधानाध्यपक डामकुमार कुवँरले प्रस्तुत गरेका थिए । कार्यक्रममा शिक्षक टेकनाथ रिजमलको स्वागत मन्तब्य थियो भने सभापत्तित्व शिक्षक अबिभावक संघका पुर्ब अध्यक्ष डम्बर निरौलाको सभापत्तित्व रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here