साहित्यकार र पत्रकार सम्मानित

0
421

झापा,

जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषले पत्रकार तथा साहित्यकारलाई पुरस्कृत गरेको छ । विर्तामोडमा आज आयोजित कार्यक्रममा विष्णु चन्द्र पद्मा दीर्घ साहित्य सेवाबाट साहित्य तथा शिक्षा सेवी मोहन भण्डारी, पत्रकारिताबाट अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिककी झापा समाचारदाता राधा खनाल र सर्वोत्कृष्ट कृति लेखक कुमार भट्टराई पुरस्कृत भएका हुन् ।

पुरस्कृत तीनै जनालाई कार्यक्रमका प्रमुख आतिथि कोमलप्रसाद पोखरेल, संस्थाका अध्यक्ष गोपीकृष्ण प्रसाईँ, प्राज्ञसभा सदस्य सुभद्रा भट्टराई, केशवराज खनाल लगायतले दोसल्लासहित सम्मान पत्र प्रदान गर्नुभयो । सम्मानसहित उहाँहरूलाई जनही रु २१ हजार १११ नगद प्रदान गरिएको छ । कोषका अध्यक्ष गोपीकृष्ण प्रसाईँको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विष्णुकुमार भट्टराईद्वारा लिखित चिन्तन, मनन र गन्थन, बाँच्ने खेलका हारजित र विनोद खनालद्वारा लिखित ‘तितो–मिठो हास्यब्यङ्ग्य कृति विमोचन गरिएको थियो ।

विष्णुकुमार भट्टराईद्वारा लिखित कृतिमाथि पुण्यप्रसाद खरेल र हरिप्रसाद भट्टराईले समीक्षा गर्नुभएको थियो भने विनोद खनालद्वारा लिखित पुस्तकबारे स्रष्टा आफैँले प्रकाश पार्नुभयो । सो समारोहमा संस्थाका सचिव राजेन्द्र प्रसाईं, प्रमुख अतिथि पोखरेल, डा पुन्यप्रसाद सिग्देल, प्राज्ञसभा सदस्य भट्टराई, प्रसाईँ ट्रष्टका पूर्वअध्यक्ष खगेन्द्र प्रसाईँ पुरस्कृत प्रतिभाहरू कृतिकार भट्टराई, मोहन भण्डारी, राधा खनाल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here