झापा ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) झापाको कार्यालयमा तालाबन्दी भएको छ ।
नेकपाको केन्द्रीय नेतृत्वमा विवादले फुटको स्थिति आएपनि झापामा पार्टीको आधिकारिकताका विषयमा टुङ्गो नलागुन्जेलका लागि भन्दै यस अघि सहमतिमा कार्यालय बन्द रहेपनि नेकपाको ओली समूहले सहमतिको उल्लङ्घन गर्दै कार्यालय खोलेको भन्दै दाहाल नेपाल समूहको नेकपाले कार्यालयमा तालावन्दी गरेको हो ।
नेकपाका नेता विजय साम्पाङले ओली पक्षले ताला फुटाएर पार्टी कार्यालय खोल्ने गरेको पाइएपछि कार्यकर्ताले कार्यालयमा शनिवार तालावन्दी गरेको जनाएका छन् ।


























