ट्रकको ठक्करबाट दुई जनाको मृत्यु

0
374

मोरङ ।

मोरङको उर्लाबारी नगरपालिका ८ का २३ बर्षीय प्रदिप धामी र सोही स्थान बस्ने २२ बर्षीय सुदिप भुजेलको ट्रकको ठक्करबाट मृत्यु भएको छ ।

शनिबार बेलुका साढे ७ बजे उर्लाबारी नगरपालिका –४ स्थित पुर्व(पश्चिम राजमार्गमा प्र १–०१–००१ क १०३५ नम्बरको ट्रकले बिपरित दिशाबाट आउँदै गरेको को ३१ प ५१ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार प्रदिप धामी र सुदिप भुजेल गम्भिर घाईते भएका थिए ।

घाईते दुबैको अरनिको अस्पताल उर्लाबारीमा उपचारको क्रममा रातको सभा ८ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ । ट्रक र ट्रक चालक झापा कमल गाऊपालिका बस्ने भीमबहादुर दाहाल नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here