वृद्धाश्रममा सोनुले जन्मदिन मनाइँन्

0
696

बिर्तामोड ।

दिवङ्गत भएका आफ्ना मातापितालाई सम्झदै झापाको चन्द्रगढीकी सोनु ओली वृद्धाश्रममा आफ्नो जन्मदिन मनाएकी छन् ।

आफ्नो जन्मदिनमा हरेक वर्ष सामाजिक काम गर्दै आइ रहेकी सोनुले आइतबार बिर्तामोड–४ स्थित परोपकार तथा अनुसन्धान केन्द्रद्वारा सञ्चालित वृद्धाश्रममा पुगेर आफ्नो जन्मदिन मनाएकी हुन् । उनले आश्रममा रहेका करिब ५० जना वृद्ध आमाबुबालाई एक छाक खाना खुवाउनुका साथै एक–एक थान लत्ताकपडा सहयोग गरेकी हुन् ।

आफ्नो जन्मदिनमा आफुलाई जन्मदिने आमाबुबाको सम्झना आउने र उहाँहरुको खुशीका लागि भएपनि वृद्धाश्रममा रहेका ज्येष्ठ आमाबुबासंग जन्मदिन मनाएर खुशी साटेको सोनुको भनाई छ । चन्द्रगढीमा ब्युटी पार्लर सञ्चालन गर्दै आएकी सोनुलाई श्रीमान र छोराले पनि सामाजिक काममा सकारात्मक सहयोग गरेको बताइन् ।

आइतबार बिहानै उपाहरसंगै वृद्धाश्रममा सोनु पुग्दा आमाबुबा खुशीले दङ्ग परेका थिए । हरेक सन्तानले यसरी नै ज्येष्ठ आमाबुबालाई माया गर्नु हो भने कसैको आँखा नरसाउने भन्दै आमाबुबाले सोनुलाई सु–स्वास्थ्य,दिर्घजीवन र उत्तरोत्तर प्रगति गर्दै सामाजिक काममा अग्रसर हुने अवसर प्राप्त भइरहोस् भन्दै शुभकामना दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here