तुलसीप्रसाद निरौला , बिर्तामोड ।
कालिका नेपाल बिर्तामोड महिला विभाग कार्यसमितिको अध्यक्षमा देवका अधिकारी चयन भएकी छिन् ।
संस्थाको भेलाले अधिकारीको अध्यक्षतामा ३७ सदस्यीय महिला विभाग गठन गरेको हो ।

नवगठित समितिको निवर्तमान अध्यक्ष जयाकुमारी अधिकारी, उपाध्यक्ष रञ्जना आचार्य (वित्त), शिला खरेल (संस्कृति), सुनिता कार्की(सूचना तथा सञ्चार ) तुलसा मैनाली (संगठन) , महासचिव रमा खनाल, सचिव पूजा काफ्ले खरेल, सहसचिव दिपा ओझा, कोषाध्यक्ष प्रतिष्ठा आचार्य , सह कोषाध्यक्ष राधादेवी न्यौपाने रहेका छन् भने अन्य २६ जना सदस्यहरु रहेका छन् ।
संस्थाका अध्यक्ष भक्तबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष तुलसीराम खरेल, नेपाल रेडक्रस सोसाइटी झापा शाखा उपसभापति वद्रीबहादुर कार्की, पूर्वाञ्चल दैनिकका उपसम्पादक तुलसीप्रसाद निरौला, महिला विभागकी संस्थापक अध्यक्ष जयाकुमारी अधिकारी, इन्भेन्चर किण्डर हाउसकी सञ्चालक रुपा खड्का वस्नेत, कार्यक्रम संयोजक रामकुमार नेपाल , डिल्लीराम खरेल , देवराज अधिकारीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रम अन्तर्गत भएको म्युजिकल चियर प्रतियोगितामा प्रथम सलिना अधिकारी , दोस्रो रमा खनाल, तेस्रो विमला अधिकारी भएका थिए भने किशोरतर्फको म्ुजिकल चियर प्रतियोगितामा प्रथम प्रगुण खरेल, दोस्रो रोमिका अधिकारी , तेस्रो सलिना वाँस्कोटा भएका थिए ।
त्यस्तै खुल्ला नृत्यतर्फ प्रथम अभिनय अर्याल, दोस्रो प्रज्ञा–प्रज्ञान खरेल , तेस्रो विमला–रञ्जना अधिकारी भएका थिए भने रुमाल लुकाईतर्फ प्रथम रोनिष अधिकारी, दोस्रो अदिप अधिकारी, तेस्रो प्रगुण खरेल भएका थिए ।
सवै विधाका विजेतालाई इन्भेन्चर किण्डर हाउसले सौजन्य गरेको पुरस्कार प्रदान गरिएको कार्यक्रमको सञ्चालन कालिका नेपाल बिर्तामोडका सचिव मनोज घिमिरेले गरेका थिए ।































