तुलसीप्रसाद निरौला , बिर्तामोड ।
श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल प्रदेश नं.१,जिल्ला कार्यसमिति झापा,प्रारम्भिक समिति बिर्तामोडले वालवालिकाहरुका लागि आध्यात्मिक प्रार्थना प्रशिक्षण कार्यक्रम शुरु गरेको छ ।

प्रारम्भिक समिति बिर्तामोडका अध्यक्ष दिनोज बजगाईको अध्यक्षता तथा श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल,प्रदेश नं.१ का संयोजक अनिल ढुंगानाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उपाध्यक्ष विदुर खनालले स्वागत गरेका थिए ।

कार्यक्रममा श्रीकृष्ण प्रणामी सेवा समिति नेपालका केन्द्रीय सदस्य कृष्णप्रसाद वजगाईं,केन्द्रीय सदस्य चन्द्र डाँगी, श्रीकृष्ण प्रणामी युवा परिषद जिल्ला कार्य समिति झापाका उपाध्यक्ष टहलदास ओली, दिपक दाहाल, बाइजुराज जिल्ला कार्यसमिति झापाकी अध्यक्ष प्रेमकुमारी भट्टराई, , प्रारम्भिक समिति बिर्तामोडकी अध्यक्ष विना डाँगी, सद्गुरुश्री देवचन्द्र सदन समितिका अध्यक्ष हरिप्रसाद कडरिया उपाध्यक्ष मिनप्रसाद गौतम लगायतले शुभकामना दिएका थिए ।

बिर्तामोडस्थित सद्गुरुश्री देवचन्द्र सदनमा शुरु भएको आध्यात्मिक प्रार्थना प्रशिक्षण प्रत्येक शनिवार हुने र श्रीकृष्ण प्रणामी मन्दिर शनिश्चरेका पुजारी रामप्रसाद घिमिरेले वालवालिकाहरुलाई प्रशिक्षण दिइने बताइएको छ ।

कार्यक्रमको सञ्चालन प्रारम्भिक समिति बिर्तामोडका सचिव दिनेश भट्टराईले गरेका थिए ।































