स्याउको दाना कति हानिकारक !

११ फाल्गुन २०७७, मंगलवार मा प्रकाशित
  • 327
  •  
  •  
  •  
  •  
  •  
    327
    Shares


स्याउ हाम्रो स्वास्थ्यको लागि कति गुणकारी छ यो भनिरहन जरुरी छैन । किनभने स्याउलाई हामी एउटा सम्पूर्ण फलको रुपमा बुझ्छौं । स्वास्थ्यलाई राम्रो राख्न सजिलो पाच्न बालकदेखि वृद्धसम्म सबैलाई मनपर्ने फल हो । कुनै बिरामीलाई हेर्न जाने बेला पूजा–आजाको बेला मरीमराउ, जुनसुकै बेला फल भन्ने बित्तिकै हामी स्याउलाई सम्झिन्छौं । तर, यो पौष्टिक फल हाम्रो लागि प्राणघातक पनि हुन सक्छ कसरी ? स्याउको बीऊ (दाना) धेरै नै विषाक्त हुन्छ र यसलाई सेवन गर्दा मानिसको मृत्यु पनि हुन सक्छ ।

स्याउको बीऊमा अमिगडलीन नामक तत्व भेटिन्छ र जब यो तत्व मानिसको पाचन सम्बन्धी इन्जाइमको सम्पर्कमा आउँछ तब यो साइनाइड निकाल्न थाल्छ । अमिगडलिनमा साइनाइड र चिनी हुन्छ र जब यसलाई हामी ग्रहण गर्छौं तब हाइड्रोजन साइनाइडमा परिवर्तित हुन्छ, त्यसबेला मानिस विमार मात्र हुँदैन उसको मृत्यु पनि हुन सक्छ । तर, भुलबस स्याउको बीऊ खादा तीव्र विषाक्तको रोगी कमै देखा पर्छन् ।

साइनाइड विश्वकै सबैभन्दा घातक विषको रुपमा प्रख्यात छ । र, सामुहिक आत्महत्या केमिकल युद्धको बेला यसबाट हुने मृत्युको इतिहास धेरै लामो रहेको छ । साइनाइड हाम्रो शरीरको अक्सिजनलाई बाधित गर्छ । यो मस्तिष्कमा अक्सिजन सप्लाइलाई बन्द गरिहाल्छ जसकारण मानिसलाई मस्तिष्कघात पनि हुन सक्छ । अक्सिजनको अभावमा मानिसको मृत्यु पनि हुन सक्छ । यसको लक्षणहरु :

रिंगटा लाग्नु :

साइनाइड मानिसको शरीरमा गएर उसलाई विस्तारै–विस्तारै कमजोर बनाउँछ, साइनाइडको प्रभावको कारण मानिसको मस्तिष्क सही तरिकाले काम गर्न छोड्छ । यस्तोमा कमजोरीले गर्दा मानिसलाई रिंगटा लाग्न थाल्छ ।

माइग्रेन र उल्टी :

साइनाइडको प्रभावले मानिसको पुरै सिस्टम खराब हुन्छ, उसलाई पेट दुख्ने र वान्ताको लक्षण देखा पर्न थाल्छ ।

सास फेर्न अफ्टेरो :

साइनाइड सेवनले श्वासप्रश्वासमा गडबडी आउन थाल्छ । जसकारण सास लिन गाह्रो हुन थाल्छ । र, बेलामा यसको उपचार गरेन भने मानिस मृत्युको मुखमा पनि जान सक्छ ।

धड्कन बढ्नु :

साइनाइडको प्रभाव मुटुमा पनि पर्दछ यसको असरले मुटुको धड्कन बढ्नु, रक्तचाप तल झर्ने वा बढ्न पनि सक्छ ।

साइनाइडको कति मात्रा हानिकारक हुन्छ :

यदि हामी एक कप स्याउको बीऊलाई पाउडर बनाएर खायो भने मृत्यु निश्चित छ । एक ग्राम स्याउको बीऊको भित्र ०.०७ एमएल देखि ०.२४ एमएलसम्म साइनाइड हुन्छ । मानव शरीरको लागि ०.५–०.८ एमएल साइनाइड घातक हुन सक्छ । यति मात्रामा कसैले सेवन ग¥यो भने उनको मृत्यु निश्चित छ ।

दुई सय ग्राम पाउडर स्याउको बीऊ सीधा तपाईको हाम्रो मुटु र मस्तिष्कमा प्रभाव पार्छ । त्यसकारण स्याउ खानु तर सावधानीपूर्वक यसको बीऊ (दाना) निकालेर स्याउसँगै अरु पनि केही फलको बीऊमा साइनाइड भेटिन्छ– जस्तो ऐप्रिकाँट (खुवानी) चेरी, आलुबखडा स्याउ जस्तो फल छन् ।

यिनीहरुको बीऊ माथि धेरै बलियो र मजबुत परत हुन्छ र अमिगडलिन यसको भित्रि भागमा बसेको हुन्छ । हामी स्याउको बीऊलाई नफुटाइ निल्यो भने यो घातक हुँदैन । तर, स्याउको बीऊलाई फुटाएर पाउडर बनाएर खायो भने यो साइनाइडको काम गर्छ ।

तर, यदि तपाईंले गल्तिले यसलाई खाइसक्नुभयो भने चिन्ताको विषय त्यहाँ केही छैन । स्याउको बीऊसँग एक सुरक्षात्मक लेप हुन्छ, जसले साइनाइडलाई शरीर प्रणालीमा प्रवेश गर्नबाट रोक्दछ । तर, स्याउ खानको लागि सावधान रहनुहोस् । स्याउ खादा राम्रो तरिकाले बीऊ (दाना)लाई निकालेर खाने गर्नुपर्दछ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here