विद्यार्थीहरुलाई दाताले झोला दिए

0
574

दुहागढी ।

झापा मेचीनगर १४ दुहागढी स्थित बाल सुबोधिनी माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई दाताले झोला वितरण गरेका छन् ।

बिर्तामोड निवासी टोयज पार्क बिर्तामोड तथा इटहरीका सञ्चालक सुनिल खरेलले विद्यालयका एक सय जना विद्यार्थीहरुलाई पाठ्यपुस्तक बोक्ने झोला वितरण गरेका हुन् ।

विद्यालयमा मङ्गलवार आयोजित एक कार्यक्रमका बिच दाता खरेल र उनकी धर्मपत्नी सिर्जना कुँवर खरेलले प्राथमिक तहमा अध्ययनरत विद्यार्थीहरुमध्ये झोला नहुने विपन्न विद्यार्थीहरुलाई झोला वितरण गरेका थिए ।

कार्यक्रममा विपन्न विद्यार्थीहरुलाई सहयोग गरेकोमा दाताहरुलाई विद्यालयका प्रधानाध्यापक विश्व थापाले धन्यवाद दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here