ग्यालेक्सी फिटनेस विर्तामोडद्वारा सहयोग

१४ फाल्गुन २०७७, शुक्रबार मा प्रकाशित

तुलसीप्रसाद निरौला,बिर्तामोड  ।

ग्यालेक्सी फिटनेस विर्तामोडले अर्जुनधारा –६ कप्तानबारीमा रहेको अपाङ्ग बालशिक्षा सरोकार केन्द्रमा रहेका अपाङ्गता भएका वालवालिकालाई नगद तथा खाद्यान्न प्रदान गरेको छ ।

ग्यालेक्सी फिटनेस विर्तामोडले पाँचौं वार्षिकोत्सवको अवसरमा अपाङ्ग बालशिक्षा सरोकार केन्द्रमा रहेका अपाङ्गता भएका वालवालिकालाई नगद तथा खाद्यान्न प्रदान गरेको सञ्चालक चन्द्र राना मगर लाफाले बताए ।

ग्यालेक्सी फिटनेस विर्तामोडका सञ्चालक सन्दीप शेर्माको अध्यक्षतामा भएको कार्यक्रममा ग्यालेक्सी फिटनेसमा आवद्ध खेलाडी भक्त धिमालले अपाङ्ग बालशिक्षा सरोकार केन्द्रका सञ्चालक कृष्णदेव दुलाललाई छ हजार रुपैयाँ प्रदान गरेका थिए ।

त्यस्तै अन्तर्राष्ट्रिय स्वर्ण पदक विजेता उमेश राई, प्रशिक्षक ललित धिमाललगायतले अपाङ्ग बालशिक्षा सरोकार केन्द्रका सञ्चालक कृष्णदेव दुलाललाई खाद्यान्न र शैक्षिक सामग्री प्रदान गरेका थिए ।

कार्यक्रमको सञ्चालन ग्यालेक्सी फिटनेस विर्तामोडका सञ्चालक चन्द्र राना मगर लाफाले गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here