सुखानी शहीदको सझनामा माईमा फुटवल प्रतियोगिता हुने

१४ फाल्गुन २०७७, शुक्रबार मा प्रकाशित

विमल दहाल, इलाम ।

झापा र इलामको सिमनामा पर्ने सुखानीमा हत्या गरिएका पाँच शहीदको संझनामा इलामको माई नगरपालिकामा प्रथम सुखानी शहीद स्मृति फुटवल प्रतियोगिता सञ्चलन गरिने भएको छ ।

माई–४ कै सुखानीमा २०२९ साल फागुण २१ गते पञ्चायती शासकहरुले झापाबाट इलाम जेल सार्ने बाहानामा हत्या गरिएका शहिदहरु रामनाथ दहाल, कृष्ण कुईकेल, नेत्र घिमिर, नारायण श्रेष्ठ र बीरेन रानबंंशीले सहादत प्राप्त गरेको ऐतिहासिक स्थल सुखानीको स्मृतिमा माई नगरपालिका वडा स्तरीय महिला र पुरुष फुटवलको आयोजना गरिएको बताईएको छ ।

राष्ट्रिय युवा संघ माई नगर कमिटीको आयोजनामा युवाहरुको वौद्धिक तथा शारिरिक विकासका लागि आमामी फागुण २१ गते देखि फागुन २९ गते सम्म प्रतियोगिता सञ्चालन गरिन लागेको युवा संघका इलाम जिल्ला कार्यालय सदस्य तथा माई नगर संयोजक कुमार लिम्बुले जानकारी दिनुभयो ।

फागुण २१ गते हुने प्रतियोगिताको उद्घाटन कार्यक्रममा हास्य कलाकार राजा राजेन्द्र पोख्रेल लगायत कलाकारहरु र वडा वडाबाट बाजा गाजा सहित बिभिन्न जात जातका झाँकी प्रस्तुती गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितामा बिजयी, उपबिजयी टीमलाई पुरस्कार सहित बिभिन्न बिद्यामा सम्मान तथा पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । पुरुष फुटवल प्रतियोगिताको बिजेता टीमले नगद ५० हजार ट्रफी, मेडल र प्रमाण पत्र र उपबिजेता टीमले नगद ३० हजार ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन ।

त्यस्तै महिला बिजेता टीमले नगद २५ हजार ट्रफी, मेडल र प्रमाण पत्र र उपबिजेता टीमले नगद १५ हजार ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने नगर खेलकुद विकास समितिका भिम तामाङले जानकारी दिनुभएको छ ।

प्रतियोगितामा सहभागी टीमले सहभगिता जनाउदा पहिलो चरणबाटै यातायात तथा खाजा खर्च बापत प्रति खेल नगद ५ हजार रुपैया नगदै पाउने छन । मेन अफ दी म्याच पनि प्रत्येक खेलमा छुट्टयाईनेछ । मेन अफ दी म्याचलाई नगद १ हजार पाँच सय देखि २ हजार सम्म प्रदान गरिने छ । फाईनल खेलमा बेष्ट गोल किपर, बेष्ट डिफेन्स, बेस्ट मिल्डफिल्डर, बेस्ट फरवार्ड, टप स्कोर र उत्कृष्ठ खेलाडीलाई २ हजार ५ सयका दरले पुरस्कृत गरिने छ ।

ऐतिहासिक स्थल सुखानीको संझनामा माई–४ कै शुक्रबारे खेलमैदानमा फुटवल प्रतियोगिता सञ्चालन गर्ने तयारी रहेको छ । आयोजकका अनुसार वडाबाट उत्कृष्ट भएका पुरुष र महिला खेलाडीलाई राष्ट्रिय स्तरको छनौटमा सहभागी गराउने लक्ष्य रहेको संयोजक लिम्बुले जानकारी दिनुभयो । प्रतियोगिताका लागि वडा वडाबाट टीम छनौटको कार्य अन्तिम चरणमा पुगेको आयोजकले जर्नाको छ । वडा स्तरीय प्रतियोगिताका लागि टोल टोलबाट प्रतियोगिता सञ्चालन गरी खेलाडी छनौट गर्न कार्य अन्तिम चरणमा पुगेको जनाईएको छ ।

फागुण २१ गते हुने प्रतियोगिताको उद्घाटन र फागुण २९ गते हुने समापन कार्यक्रममा हास्य कलाकार राजा राजेन्द्र पोख्रेल लगायत राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारहरु र वडा वडाबाट बाजा गाजा सहित बिभिन्न जात जातका झाँकीहरु प्रस्तुती गरिने आयोजकले जनाएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here