सिटौला र खवास सेवा निवृत्त : डाँगी प्रअ नियुक्त

१४ फाल्गुन २०७७, शुक्रबार मा प्रकाशित

लक्ष्मीपुर ।

झापाको कनकाई ७, दुर्गापुरस्थित भृकुटी माध्यमिक विद्यालयका प्रधानाध्यापक अन्जना सिटौला सेवा निवृत्त भएकी भएकी छन् ।

वुधवार विद्यालयमा आयोजित एक समारोहकावीच प्रधानाध्यापक सिटौलाले दोस्रो वरियाताक्रममा रहेका माध्यमिक तृतीय श्रेणीका सहायक प्रधानाध्यापकको जिम्मेवारी सम्हालीरहेका शिक्षक कमलचन्द्र डाँगीलाई नियमानुसार प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्ने गरि पत्र हस्तान्तरण गरेकी थिइन् । डाँगीले विहीवारदेखि प्रधानाध्यापकको जिम्मेवारी सम्हालेका छन् ।

सेवानिवृत्त सिटौला २०७२ साउनदेखि सो विद्यालयको प्रधानाध्यापकको पदमा रहेकी थिइन् । २०६१ सालमा माध्यमिक तह तृतीय श्रेणीमा स्थायी नियुक्ती पाएकी सिटौला २०४४ सालदेखि शिक्षण पेशामा आवद्ध भएकी थिइन् ।

तेहथुमको आठराई चुहानडाँडामा २०१७ सालमा पिता पार्वतीरमण र माता विष्णुमायाँ उप्रेतीका कोखवाट जन्मिएकी सिटौलाले ३४ वर्ष शिक्षण गरेकी थिइन् । सिटौलाका पिता शिक्षासेवी पार्वतीरमण सोही विद्यालयमा २०४४ देखि २०५५ सालसम्म व्यवस्थापन समितिका अध्यक्ष रहेका थिए ।

नवनियुक्त प्रधानाध्यापक डाँगी सोही विद्यालयको माध्यमिक शिक्षक पदमा २०४६ सालमा अस्थायी नियुक्ति पाई २०६३ सालमा स्थायी शिक्षक भएका थिए । उनको कार्यकाल आगामी वैशाकमा समाप्त हुँदैछ । अर्थशास्त्रमा स्नातकोत्तर र शिक्षाशास्त्र विषयमा वीएड उनी कुशल र मिजासिलो प्रशासकको रुपमा समेत परिचित छन् ।

यस्तै सोही विद्यायलयको प्राथमिक तह द्धितीय श्रेणीमा कार्यरत शिक्षक गंगावहादुर खवास समेत वुधवारवाटै सेवानिवृत्त भएका छन् । २०१७ सालमा पिता तुलवहादुर र आमा वेलमायाँ खवासका गर्भवाट इलाममा जन्मिएका खवास २०१९ सालदेखी कनकाईको जामुनवारीका स्थायी वासिन्द हुन् ।

२०३६ सालमा एसएलसी उत्तीर्ण गरि ३०३६ सालदेखि शिक्षण सेवामा प्रवेश गरेका खवासले ३६ वर्ष शिक्षा सेवा गरे । २०५२ सालदेखि २०५८ सालसम्म विशेष शिक्षा शिक्षण गरेका उनले २०६० सालदेखि कम्प्युटर तालिम लिई झापाका सामुदायिक विद्यालयहरुमाध्ये पहिलो पटक आफ्नै विद्यालयको लेखाशाखाको हिसावकिताव कम्प्युटराइज्ड प्रणालीको शुभारम्भ समेत गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here