तेश्रो संस्करणको नगर स्तरीय मेयरकप खेलकुद प्रतियोगिता हुने

१४ फाल्गुन २०७७, शुक्रबार मा प्रकाशित

विनोद सापकोटा,
झापा ।

झापाको शिवसताक्षीमा तेश्रो संस्करणको नगर स्तरीय मेयरकप खेलकुद प्रतियोगिता हुने भएको छ । ८ विधाका १९ वटा खेल नगरका विभिन्न खेल मैदान तथा कवर्डहलमा हुने आयोजक शिवसताक्षी नगर खेलकुद विकास समितिले जनाएको छ ।

आयोजकका अनुसार फागुन १७ देखी २८ गते सम्म हुने प्रतियोगितामा फुटबल, भलिबल, एथलेटिक्स, क्रिकेट, कराँते, कबड्डी र व्याडमिण्टनका खेल हुनेछन् । शिवसताक्षी नगर खेलकुद विकास समितिका अध्यक्ष फुर्वा तामाङ्गका अनुसार नगर स्तरिय फुटबलका बिजेता वडाले ७५ हजार पाउने छ भने उपविजेताले ४१ हजार नगदै पुरस्कार पाउने छ । यो वाहेक मेडल, ट्रफि र प्रमाणपत्र पनि बिजेताले पाउने छन् ।

फुटबल विधाका सर्वोकृष्ट खेलाडीले १५ हजार र म्यान अफ दि म्याचका विजेताले १४ हजार पाउने छन् । प्रतियोगितामा सर्वाधिक गोल गर्ने वडाले ८ हजार पाउने आयोजक समितिका सन्तोष पौडेलले बताए । वेष्ट किपर, डिफेन्स, मिड फिल्डर, स्ट्राईकरले जनही ५ हजार पाउने छन् । फुटवल दुधेको क्षेत्रीय रंगशालामा १७ गते देखी २८ गते सम्म हुने छ ।
यस्तै भलिबल खेलमा विजेता वडाले ५० हजार पुरस्कार पाउने छ भने उपविजेताले ३० हजार पाउने छ । पारावारीको खेलमैदानमा १८ गते देखी हुने भलिबल खेलका म्यान अफ दि म्याचको उपाधी पाउने खेलाडीले १४ हजार र वेष्ट प्लेयरले ७ हजार पाउने छन् ।

यता महिला तथा पुरुष दुवैको एथलेटिक्सि प्रतियोगिता २२ गते देखी हुने भएको छ । व्याङ्गडाँडामा हुने उक्त प्रतियोगिता ८ सय देखी ३ हजार मिटर दुरी सम्मको हुने छ । आयोजकका अन्ुसार छेलो खेलमा महिला पुरुष दुवैले सहभागिता जनाउने छन् । लङ जम्प महिला—पुरुष र हाईजम्पमा महिला मात्र सहभागि हुने छन् । एथलेटिक्स खेलका लागि आयोजकले ६३ हजार ५ सय पुरस्कार राशी छुट्याएको छ ।

मेयरकप अन्तर्गत क्रिकेट बिधाको खेल १९ गते देखी झिलझिले खेलमैदानमा हुने छ । आयोजक समितिका लक्ष्मण अधिकारीले दिएको जानकारी अनुसार बिजेता वडाले ५० हजार र उपविजेताले ३० हजार पाउने छ । क्रिकेटको म्यान अफ दि म्याच १४ हजार, म्यान अफ दि सिजिर ३ हजार र वेष्ट अफ दि खेलाडीले ५ हजार पाउने आयोजकले जानकारी दिएको छ ।

मेयर कपमा कराँते खेल पनि हुने छ । कराँते महिला र पुरुष दुबैको फरक फरक हुने छ । माईधारको कवर्ड हलमा २२ गते देखी हुने उक्त प्रतियोगिताका बिजेताले २० हजार पाउने समितिका प्रेम फुँयलले बताए । आयोजकका अनुसार कबड्डी २६ गते देखी र बुद्धिचाल पनि २० गते देखी दुधेमा हुने छ । कबड्डीका बिजेताले १५ हजार र उपविजेताले १० हजार पाउने छन् । यस्तै बुद्धिचालका बिजेताले क्रमश १० हजार, ७ हजार र ५ हजार नगद पुरस्कार पाउने छन् ।

यता व्याडमिन्टन तर्फको खेल माईधारमा हुने छ । सो विधाका डवल खेडाली बिजेताले १० हजार र सिङगल बिजेताले ५ हजार पाउने छन् । यस्तै दोश्रो डवल बिजेताले ५ हजार र दोश्रो सिङगल बिजेताले ३ हजार पाउने छन् ।

शिवसताक्षी नगरपालिकाले मेयर कपलाई मिनि ओलम्पीको उपमा दिएको छ । चालु आर्थिक वर्ष ०७७÷०७८ मा १५ लाख रकम विनियोजन गरेको थियो । गत वर्ष कारोना भाईरसका कारण रोकिएको उक्त प्रतियोगिता फेरी संचालनको तयारी भएको शिवसताक्षी नगरका प्रमुख चन्द्रकुमार शेर्माले बताए ।

आयोजकले सबै विधाका खेलमा ५ लाख २९ हजार ५ सय पुरस्कार राशी छुट्याएको छ ।
आयोजकले प्रतियोगिताको सबै तयारी पुरा भएको जनाएको छ । पुनस्थापित संसदका झापा निर्वाचन क्षेत्र नम्बरका सांसद एलपी साँवा लिम्वुले मेयर कपको भव्य समारोहका बिच उद्धघाटन गर्ने कार्यक्रम रहेको आयोजक समितिले जनाएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here