पृथ्वीनगरका चिया किसानको छौंटौं सभा

१४ फाल्गुन २०७७, शुक्रबार मा प्रकाशित
  • 427
  •  
  •  
  •  
  •  
  •  
    427
    Shares

पृथ्वीनगर,

साना किसान कृषि सहकारी संस्था पृथ्वीनगर अन्तरगत चिया प्रशोधन कारखाना इकाइको छौंटौँ सभा शुक्रबार सम्पन्न भएको छ ।

भद्रपुर नगरपालिका १ का वडाध्यक्ष दशरथ प्रधानको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा इकाइ अध्यक्ष बालकृष्ण गिरी र लेखा समिति संयोजक शिवराज राजभण्डारीले प्रस्तुत गरेको प्रतिवेदन सर्वसम्मतिले पास भएको छ । व्यवस्थापक देवीप्रसाद कोइरालाले संस्थाको गतिविधिका बारेमा प्रकाश पारेको कार्यक्रममा उपाध्यक्ष सीताकुमारी गुरुङले स्वागत गरेकी थिइन्।

भेलाले ९ करोड, ३ लाख,३० हजारको बजेट पास गरेको छ भने नर्सरी स्थापना गरि किसानलाई सर्वसुलभ रुपमा चियाको बिरुवा वितरण गर्ने योजना पास गरेको छ । चिया कारखानामा २२७ जना किसान आबद्ध छन् ।संस्था आवद्ध किसानले २०४ बिघामा चिया खेती गरेका छन् ।

यो वर्ष कारखानाले १ करोड ४३ लाख ११ हजार नाफा कमाएको छ । कारखानाले यो वर्ष ३७९ मेटि्रक टन सीटीसी चिया उत्पादन गरेको जनाइएको छ । कारखानाले संरक्षित पूँजी कोषको रकम वितरण, प्रतिमहिना कारखाना आबद्ध किसानलाई निशुल्क एक केजी चिया,लाभांश वितरण, काटछाँट कोष सञ्चालन र सेवा,एक कित्ता सेयर बराबर दशैँमा दुई किलो चिया, ढुवानी भाडा लगायत आठ प्रकारका सेवा उपलब्ध गराउँदै आएको व्यवस्थापक कोइरालाले बताए ।

सभाका वक्ताले भद्रपुर नगरपालिका र प्रदेश सरकारले किसानको संस्थालाई सहयोग नगरेको गुनासो गरेका छन् । उनीहरूले वडाध्यक्ष प्रधानलाई कारखानालाई १० लाख बजेट उपलब्ध गराइ दिन माग गरे । वडाध्यक्ष प्रधानले सक्दो सहयोग गर्ने वचन दिएको लेखा संयोजक राजभण्डारीले बताए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here