सिकेको सिप व्यवहारमा लागू गर्न आग्रह

१४ फाल्गुन २०७७, शुक्रबार मा प्रकाशित
  • 197
  •  
  •  
  •  
  •  
  •  
    197
    Shares

तुलसीप्रसाद निरौला,बिर्तामोड ।

झापाको बिर्तामोडमा आयोजित कार्यक्रमका सहभागि वक्ताले तालिममा सिकेको सिप व्यवहारमा लागू गर्न आग्रह गरेका छन् ।

मेची – महाकाली बुहारी संयुक्त आवाज जिल्ला कार्यसमिति झापाको आयोजनामा भएको नेतृत्व विकास तथा उद्घोषण तालिम समापनमा उनीहरुले यस्तो बताएका हुन् ।

मेची –महाकाली बुहारी संयुक्त आवाज जिल्ला कार्यसमिति झापाकी संयोजक शिखा खड्का गणेशको अध्यक्षता तथा संस्थाकी प्रेस सल्लाहकार तथा नेपाल प्रेस युनियन झापाकी अध्यक्ष इन्दू पूर्वेलीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा झापा जिल्लाकी कोषाध्यक्ष परु सुबेदी रिजालले स्वागत गरेकी थिइन् ।

संस्थाकी झापा जिल्ला सदस्य सिमा अधिकारीले औचित्यमाथी प्रकाश पारेको कार्यक्रममा संस्थाकी दमक उपशाखा समितिकी सदस्य चम्पा दाहालले संस्थाको गतिविधीबारे जानकारी गराएकी थिइन् ।

कार्यक्रममा प्रमुख अतिथि पूर्वेली र प्रशिक्षक पूर्वाञ्चल दैनिकका उपसम्पादक तुलसीप्रसाद निरौलाले तालिममा सिकेको सिप व्यवहारमा लागू गर्न सहभागीलाई आग्रह गरेका थिए ।

त्यस्तै मेची – महाकाली बुहारी संयुक्त आवाज केन्द्रीय समितिकी अध्यक्ष यमु शर्मा सुव्वा र केन्द्रीय उपाध्यक्ष चन्द्रा काफ्लेले मेची – महाकाली बुहारी संयुक्त आवाज जिल्ला कार्यसमिति झापाले नेतृत्व विकास तथा उद्घोषण तालिम आयोजना गरेर संस्थामा आवद्ध महिलालाई निर्धक्क बोल्न सक्ने बनाएको भन्दै प्रशंसा गरेका थिए ।

पूर्वाञ्चल दैनिकका उपसम्पादक तुलसीप्रसाद निरौलाले सहजीकरण गरेको तालिममा मेची –महाकाली बुहारी संयुक्त आवाज जिल्ला कार्यसमिति झापाका पदाधिकारी र संस्थाका दमक उपशाखा समितिका पदाधिकारीको सहभागिता रहेको थियो ।

कार्यक्रमको सञ्चालन मेची –महाकाली बुहारी संयुक्त आवाज जिल्ला कार्यसमिति झापाकी सह–सचिब अम्बिका दाहाल गिरीले गरेकी थिइन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here