ओलीले राजीनामा दिनुपर्छ : यादव

१४ फाल्गुन २०७७, शुक्रबार मा प्रकाशित

तुलसीप्रसाद निरौला ,बिर्तामोड  ।

जनता समाजवादी पार्टी नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताको आधारमा तत्काल राजीनामा दिनुपर्ने बताएका छन् ।

जनता समाजवादी पार्टी, नेपाल झापा जिल्ला समन्वय समितिको आयोजनामा बिर्तामोडमा भएको अगुवा कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

प्रतिनिधिसभा विघटनलाई बदर गर्दै संसद पुनर्स्थापना गर्न सर्वोच्च अदालतले आदेश दिएकाले प्रधानमन्त्री केपी शर्मा ओलीले एक मिनेट पनि कुर्सीमा वस्न नहुने बताउँदै उनले नैतिकता छ भने तत्काल राजीनामा दिन प्रधानमन्त्री ओलीलाई आग्रह गरे ।

जनता समाजवादी पार्टी, नेपाल झापा जिल्ला समन्वय समितिका अध्यक्ष दिपेनवाला राईको अध्यक्षतामा भएको कार्यक्रममा अर्का अध्यक्ष अनुत सिं राजवंशीले स्वागत गरेका थिए ।

कार्यक्रममा बरिष्ठ नेता असोक राई, कार्यकारिणी सदस्य शरदसिं भण्डारी , युवराज कार्की, सुशिला श्रेष्ठ , राष्ट्रिय जनता पार्टीका प्रदेश नं. १ का अध्यक्ष फक्तालुङ योङहाङ , जनता समाजवादी पार्टीका प्रदेश नं. १ का अध्यक्ष प्रविण चाम्लिङ , जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य सूर्यनारायण गणेश, देउकुमार नेम्वाङलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सोही कार्यक्रममा एक सय भन्दा वढी जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेको बताइएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here