कविता
तिमीले
सबै थोक भोगेर
तिम्रो निष्कर्ष थियो –
जीवनको अर्थ
केही पनि रहेन छ
मैले
केही पनि नभोगी
म कसरी भनौं
जीवनको अर्थ केही पनि
होइन रहेछ !
र, मुस्कान पनि होइन रहेछ
घाउ भएर मेरो हातमा
निस्केको पीपमाथि
निरन्तर मेरी प्रेमिका
सदैव
लामो चुम्वन गर्थिन्
तब म कसरी भनौं
जीवन केही पनि होइन रहेछ !
जीवन मुस्कान पनि होइन रहेछ !!
भद्रपुर, झापा
प्रतिकृया व्यक्त गर्नुहोस् ।