आफ्नै जिल्लामा अल्पमतमा प्रधानमन्त्री ओली

१५ फाल्गुन २०७७, शनिबार मा प्रकाशित

झापा ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओली आफ्नै गृह जिल्ला झापामा अल्पमतमा परेका छन् ।

प्रधानमन्त्री समेत रहेको ओलीको पकड जिल्लाका रुपमा हेरिएको झापा नेकपाभित्रको आन्तरिक कलहले ओली समूह कमजोर देखिएको हो । साविकको जिल्ला कमिटीमा ओली पक्ष अहिले अल्पमतमा छ । यता दाहाल–नेपाल समूह भने अहिले बहुमतमा छ ।

१७५ सदस्यीय जिल्ला कमिटीमा ६५ जना ओली पक्षमा छन् । ११० जना दाहाल–नेपाल समूहमा रहेको बिजय साम्पाङ राईले जानकारी दिए । जसका कारण झापामा ओली पक्ष कमजोर देखिएको छ । प्रकाश भण्डारी, रामकुमार राई, किरण गुरागाईँ र अर्का एकजना जिल्ला सदस्य ध्रुवीकरण अभियानमा लागेका छन् ।

यसैबीच ओलीको गृहजिल्ला झापामा नेकपाका दुई अध्यक्षले पार्टी सञ्चालन गरेका छन् । उनीहरुले नेकपाभित्र नै गुटगत रुपमा पार्टी सञ्चालन गर्दै आएका छन्् । प्रचण्ड–नेपाल समूहले साविक अध्यक्ष चिन्तन पाठकलाई अध्यक्ष अस्वीकार गर्दै वेदराज रेग्मीलाई अध्यक्ष बनाएपछि प्रधानमन्त्री ओलीको जिल्ला झापामा नेकपाका दुई अध्यक्ष बनेका हुन् । वेदराज अध्यक्ष बनेसँगै उनले पनि नेकपाको दाहाल नेपाल समूहलाई चलायमान बनाएर लगेका छन् ।

झापाका पुराना कम्युनिष्ट नेताका रुपमा रहेका रेग्मी यसअघि नेकपाको प्रदेश कमिटी सदस्य थिए । उनी पार्टीभित्र अवसर नपाएका नेताका रूपमा चिनिन्छन् ।

नेकपाका जिल्ला अध्यक्ष पाठक ओली पक्षमा लागेपछि प्रचण्ड–नेपाल समूहले रेग्मीलाई नयाँ अध्यक्ष बनाएको हो । रेग्मी र पाठक दुवै पूर्वएमाले हुन् । सचिवमा भने तत्कालीन नेकपाका जिल्ला सचिव मणिकुमार साम्पाङलाई प्रचण्ड–नेपाल समूहले निरन्तरता दिएको छ । साम्पाङ पूर्वमाओवादी हुन् ।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै विभाजित भएको नेकपा प्रचण्ड–नेपाल समूहले भागवण्डाका आधारमा ६७ जिल्लाका अध्यक्ष र सचिव चयन गरेको हो । १० जिल्लामा पनि छिट्टै नेतृत्व चयन गरिने प्रचण्ड–नेपाल समूहले जनाएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here