सुरुङ्गामा जिल्लास्तरीय महिला फुटबल

१५ फाल्गुन २०७७, शनिबार मा प्रकाशित

सुरुङ्गा ।

कनकाई मावि सुरुङ्गाको खेल मैदानमा झापा जिल्लास्तरीय अन्तर पालिका महिला फुटबल हुने भएको छ ।

कनकाई खेलकुद प्रतिष्ठानको आयोजनामा आगामी फागुन १७ गते सोमवारका दिनदेखि शुरु भएर अन्तर्राष्ट्रिय महिला दिवसका दिन समापन हुने सो प्रतियोगितामा आयोजक कनकाई खेलकुद प्रतिष्ठान सहित झापाका अन्य टिमहरु हल्दिवारी महिला फुटबल क्लव, जुनतारा महिला फुटबल क्लव खुदुनावारी, शिवसताक्षी नगरपालिका महिला फुटबल क्लव, पारिजात महिला फुटबल क्लब सालबारी, झापा गाउँपालिका महिला फुटबल क्लव, दमक महिला फुटबल क्लब र कचनकवल महिला फुटबल क्लवको सहभागिता रहने प्रतिष्ठानका खेल संयोजक गोविन्द सुवेदीले जानकारी दिए । प्रतिष्ठानले आयोजना गरेको यो फुटबल स्पर्धा छैटौं वर्षको हो ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद ६५ हजार र दोस्रो हुने टिमले ४० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्ने आयोजक समितिका अध्यक्ष दिनानाथ खतिवडा (दिनेश) ले जानकारी दिए ।

बेस्ट प्लेयर अफ दि म्याच, प्लेयर अफ दि टुर्नामेन्टको समेत पुरस्कार रहेको सो प्रतियोगिता संचालनका लागि ५ लाख रुपैँया खर्च लाग्ने र २ लाख रुपैँया कनकाई नगरपालिका तथा बाँकी यस क्षेत्रका संघसंस्था र खेलप्रेमीहरुबाट संकलन हुने आयोजक समितिका सचिव विनोद रानामगरले जानकारी दिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here