सुरुङ्गा रोटरीले बाँड्यो खाद्य सामग्री

१५ फाल्गुन २०७७, शनिबार मा प्रकाशित

सुरुङ्गा ।

झापाको कनकाई नगर क्षेत्रमा क्रियाशिल सामाजिक अभियन्ताहरुको संस्था रोटरी क्लव अफ सुरुङ्गाले बौद्विक अपाङ्गता भएका शारीरिक रुपमा अशक्त बालबालिकाहरुलाई खाद्य सामाग्री वितरण गरेको छ ।

कनकाई नगरपालिकाको कार्यालय नजिकै कार्यालयसहित आश्रय रहेको सुस्त मनःस्थिति सरोकार समाज नेपाल कनकाई नपा–१ रहेका १४ जना बालबालिकाहरुका लागि एक महिनालाई पुग्ने चामल, दाल, खाने तेल लगायतका खाद्य सामाग्री वितरण गरेको सुस्त मनःस्थिति सरोकार समाजकी अध्यक्ष भागीरथा चापागाईँ पोखरेलले बताइन् । सडक बालबालिका, बेपत्ता र हिंसापीडित वौद्धिक रुपमा अपाङ्गता भएका वालवालिकालाई २०७२ सालदेखि संस्थाले संरक्षण दिँदै आएकोमा पछिल्लो समय खर्च धान्न कठिानाइ हुँदै गएकोमा रोटरी क्लब अफ सुरुङ्गाले खाद्य सामग्री प्रदान गरेर ठूला सहयोग पु¥याएको संस्थाकी अध्यक्ष पोखरेलले जानकारी दिइन् ।

खाद्य सामग्री वितरण कार्यक्रममा क्लवका अध्यक्ष टीकाप्रसाद जमरकट्टेल, संस्थापक अध्यक्ष एलपी उप्रेती, निवर्तमान अध्यक्ष कुमारमणि पोखरेल, इनकमिङ प्रेसिडेन्ट सुशीलकुमार श्रेष्ठ, सचिव तुलसी बिमली, सुरुङ्गा जेसीजकी अध्यक्ष यदुका उप्रेती (उषा) लगायतको उपस्थिति रहेको थियो ।

आएको छ । स्थानीय सरकार कनकाई नगरपालिका साथै १ नं.प्रदेश सरकारबाट भएको थोरै सहयोगले मात्र वालवालिकाको संरक्षणमा कठिन हुँदै आएको भएपनि पछिल्लो समयमा केही सामाजिक संघसंस्थाहरुबाट भएको सहयोगका कारण थोरै भए पनि राहत मिलेको सरोकार समाजकी अध्यक्ष पोखरेलले बताएकी छन् । वालवालिकाको संरक्षणकालागि हाल संस्थाकी अध्यक्ष पोखरेलसँगै सचिवको जिम्मेवारीमा नर्बदा भेट्वाल संग्रौलासहित दुईजना कर्मचारी रहेका छन् ।

घर भाडासहित वार्षिक रुपमा सात लाख पचास हजार खर्च हुने गरेको यस संस्थामा खर्च अभावका कारण वालवालिकाको संरक्षणकालागि कठिन हुँदै गएको बेला संघसंस्थाबाट भएको सानो सहयोगले पनि ठूलो राहत मिलेको भन्दै संस्थाकी अध्यक्ष पोखरेलले सुरुङ्गा रोटरीले एक महिनाकालागि दिएको खाद्य सामाग्रीकालागि आभार प्रकट गर्दै सहयोगी हातहरुप्रति खुशी व्यक्त गरिन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here