सुनचाँदी व्यवसायी संघ सुरुङ्गाको नेतृत्व चयन

१५ फाल्गुन २०७७, शनिबार मा प्रकाशित

सुरुङ्गा ।

नेपाल सुनचाँदी व्यवसायी संघ शाखा सुरुङ्गाको नेतृत्व चयन गरिएको छ । शाखाको नवौं साधारणसभा र तेस्रो अधिवेशनले टीकाराम बरालको अध्यक्षतामा सर्वसम्मत नयाँ समिति गठन गरेको हो ।

समितिको वरिष्ठ उपाध्यक्षमा नवराज बिमली, उपाध्यक्षमा राजु पाठक, कोषाध्यक्षमा नवीन श्रेष्ठ, सचिवमा खेमप्रसाद प्रसाईं र सहसचिवमा युवराज शंकर चयन भएका छन् । सदस्यहरुमा रोहित ल्वागुन, रमेश लोहार, दुर्गा दियाली, बिनोद बराइली, श्यामकुमारी सुब्बा र सुनिल गजमेर रहेको सुनचाँदी व्यवसायी चन्द्रप्रसाद प्रसाईले जानकारी दिए ।

त्यसैगरी, समितिको सल्लाहकारमा मिलन खरेल, सपन बर्मन, जगत पोर्तेल, मेघराज दियाली, ज्योति श्रेष्ठ र रेवत दियालीलाई चयन गरिएको छ । सुरुङ्गा शाखामा कनकाई नगरपालिका, झापा गाउँपालिका र शिवसताक्षी नगरपालिकाको माईधार क्षेत्रका सुनचाँदी व्यवसायीहरु संलग्न रहेका छन् ।

स्थानीय होटल डिलाइटमा सम्पन्न कार्यक्रममा कनकाई नगरपालिका वार्ड नं. ३ का वार्ड अध्यक्ष रुद्रप्रसाद चिमरियाको प्रमुख आतिथ्य रहेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी संघ शाखा सुरुङ्गाका संसथापक अध्यक्ष गौरीमान श्रेष्ठ, संघका जिल्ला उपाध्यक्ष तुलसी बिमलीको विशेष आतिथ्य रहेको कार्यक्रममा कनकाई सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष ख्यामप्रसाद ओली, इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख उदय शम्शेर जबरा लागयतले सुनचाँदी व्यवसाय सुरक्षित रुपमा र कानुनी प्रावधान अपनाएर गरेमा कुनै समस्या नहुने बताएका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here