बाह्रदशीका सात ज्येष्ठ युगल प्रेमिल जोडीलाई सम्मान

१५ फाल्गुन २०७७, शनिबार मा प्रकाशित

तुलसीप्रसाद निरौला,बिर्तामोड  ।

बाह्रदशी साहित्य तथा कला प्रतिष्ठानको आयोजनामा सात ज्येष्ठ युगल प्रेमिल जोडीलाई सम्मान गरिएको छ ।

बाह्रदशी साहित्य तथा कला प्रतिष्ठानका अध्यक्ष दयानन्द गोश्वामीको अध्यक्षता तथा पूर्व उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौलाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बाह्रदशी गाउँपालिकाका सातवटै वडाका ज्येष्ठ युगल प्रेमिल जोडीलाई सम्मान गरिएको हो ।

यसरी सम्मानित हुनेहरुमा प्रजापति –मित्रुविन्दा निरौला, मधुराम पनेरु दम्पत्ति, टिकालाल राजवंशी दम्पत्ति, हाजीजैनुद्धिन दम्पत्ति, खलाराम गणेश दम्पत्ति, महेन्द्र रजक दम्पत्ति,हरीकेशर तामाङ दम्पत्ति रहेका छन् ।

त्यस्तै अन्तर मावि कविता वाचन प्रतियोगितामा दिपजन अंग्रेजी मावि प्रथम, लिटल स्टार मावि दोस्रो र ज्ञानज्योति मावि तेस्रो भएको थियो । प्रतियोगिताको निर्णायकमा धर्मानन्द निरौला, टेकनारायण राजवंशी र झमक तिम्सिना रहेका थिए ।

सोही कार्यक्रममा फागुन २० गतेदेखि मेची–महाकाली साइकल यात्रामा निस्किन लागेका अभिषेक धमला झापाली कान्छा र आकाश क्षेत्रीलाई दोसल्ला ओडाएर नगदसहित यात्रा सफलताको कामना गरिएको थियो ।

कर्यक्रममा संविधान सभा सदस्य हरिबहादुर राजवंशी, संघीय समाजवादी पार्टीका केन्द्रीय सदस्य विश्वनाथसिंह राजवंशीलगायतले बोलेका थिए ।

प्रतिष्ठानका उपाध्यक्ष सन्तोष सुवेदीले स्वागत गरेको कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव सुपेन राजवंशीले गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here