८ नम्बरले उचाल्यो प्रथम भद्रपुर मेयर कप टी २० क्रिकेटको उपाधि

१६ फाल्गुन २०७७, आईतवार मा प्रकाशित

भद्रपुर  ।

प्रथम भद्रपुर मेयर कप टी २० क्रिकेट प्रतियोगिताको उपाधि ८ नम्बर वडाले उचालेको छ । मेची रङ्गशाला भद्रपुरमा शनिवार भएको फाइनल खेलमा १० नम्बर वडालाई २५ रनले हराउँदै ८ नम्बर वडाले उपाधि उचालेको हो ।

उपाधि उचालेसँगै ८ नम्बरले नगद २५ हजारसहित मेडल र ट्रफि पाएका छन्, भने उपविजेता १० नम्बरले नगद १५ हजारसहित मेडल र ट्रफिमा चित्त बुझाउनु पर्‍यो ।  टस जितेर पहिला ब्याटिङ रोजेका ८ नम्बरले निर्धारित २० ओभरको खेलमा  १५० रन बनाएका थिए ।

जसमा शिबु बुढाथोकीको ३८ रन, प्रवेश कामतको ३२ रन र अङ्कित सुबेदीको १६ रन जोडन सफल भए ।   १० नम्बरका बलर उज्ज्वल राईले ३ र बलराम शाहले २ विकेट लिएका थिए । १५१ रनको लक्ष्य लिएर मैदानमा उत्रिएका १० नम्बरले १९ ओभर ४ बलमा सबै विकेट गुमाउँदै १२५ रन बनाए ।

१० का सरोज पाण्डेले ४५ रन,  दिप्शन  बिस्टले १५ रन, समीर अधिकारीले ११ रन बनाए । ८ नम्बरका बलर राहुल शर्मा ३ विकेट,  दीपेश कामती २,  रितेश कामतीले २ र प्रवेश कामतीले १  विकेट लिएका थिए ।  फाइनल खेलको म्यान अफ द म्याच  ८ नम्बरका प्रवेश कामती घोषित भए ।

नगर खेलुकुद विकास समितिका अध्यक्ष श्याम राउतको अध्यक्षतामा तथा भद्रपुर नगरपालिकाका मेयर जिवनकुमार श्रेष्ठ प्रमुख अतिथिमा भएको वेस्ट ब्याट्सम्यान सरोज पाण्डेलाई २५ यस,  म्यान अफ द सिरिज अङ्कित सुबेदी २५ सय, वेस्ट बलर अङ्कित सुबेदी १५ सय,  अनुशासित खेलाडीमा उज्ज्वल काफ्ले १५ सय ,  वेस्ट फिल्डरमा वसन्त कोइराला १५ सय, उदयमान खेलाडीमा अशोक राय १५ सय र मोटिभेशनल प्लेयर सुदर्शन महर्जन घोषित भएको आयोजकका तुलसी कार्कीले जानकारी दिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here