कनकाईमा शिक्षक संगठनको प्रशिक्षण

१६ फाल्गुन २०७७, आईतवार मा प्रकाशित

सुरुङ्गा ।

नेपाल राष्ट्रिय शिक्षक संगठन कनकाई नगर समितिको आयोजनामा एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

संगठनका नगर अध्यक्ष गोपीकृष्ण भट्टराईको अध्यक्षतामा भएको ‘सांगठनिक सुदृढीकरणमा हाम्रो दायित्व’ विषयक प्रशिक्षण कार्यक्रममा संगठनका केन्द्रीय सदस्य नारायणप्रसाद गौतम, प्रदेश नं. १ का अध्यक्ष एवम् नेपाल शिक्षक महासंघ झापाका अध्यक्ष बुद्धिमान कार्की र संगठनका जिल्ला अध्यक्ष कृष्णप्रसाद अधिकारीले प्रशिक्षण प्रदान गरेका थिए ।

प्रमुख प्रशिक्षक गौतमले संगठनको इतिहास र शैक्षिक आन्दोलनका बारेमा प्रष्ट पारेका थिए भने प्रशिक्षक कार्कीले नेपाल शिक्षक युनियन तथा नेपाल शिक्षक महासंघको स्थापना, महत्व, त्यसको विकासमा नेराशिसंको योगदान र राष्ट्रिय शिक्षा नीति निर्माणमा महासंघको भूमिका विषयमा प्रष्ट पारेका थिए । त्यसै गरी, प्रशिक्षक अधिकारीले नेपाल राष्ट्रिय शिक्षक संगठनका चुनौति, समस्या तथा भावी कार्यदिशाका बारेमा प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा कनकाई मावि सुरुङ्गाका प्रधानाध्यापक कर्णबहादुर डाँगी, नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला उपकोषाध्यक्ष मन्दिरा सुवेदी, जिल्ला सदस्य तिलक गजमेर, कनकाई नगर समिति पूर्व अध्यक्ष हरिप्रसाद तिम्सिना, भगवती आधारभूत विद्यालय चप्रामारीका प्रअ खड्गप्रसाद बिमली, सिंहदेवी आधारभूत विद्यालय टेक्राका प्रअ डम्बरप्रसाद फुयाँल लगायतको आतिथ्य रहेको थियो ।

कार्यक्रममा नगर उपाध्यक्ष ज्ञानबहादुर रायमाझीले स्वागत मन्तव्य राखेका थिए भने कनकाई गायत्री प्रावि कोटीहोमका प्रअ जनार्दन पोखरेल र नगर सदस्य संगीता उप्रेतीले प्रशिक्षणका सम्बन्धमा अनुभूति राखेका थिए । कार्यक्रमको सञ्चालन नगर सचिव चन्द्रप्रसाद पोखरेलले गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here