विश्व वीर पुरुष चिल्हारायर ( सुक्लध्वज ) कोे जन्मजयन्ती मनाइयो

0
903

तुलसीप्रसाद निरौला, बिर्तामोड  ।

राजवंशी समाज बिकास समिति झापा जिल्ला कार्यसमितिको आयोजना तथा राजवंशी समाज बिकास समिति मेचीनगरको सहआयोजनामा ५११ औं विश्व वीर पुरुष चिल्हारायर ( सुक्लध्वज ) कोे जन्मजयन्ती झापामा मनाइएको छ ।

राजवंशी समाज बिकास समिति झापा जिल्ला कार्यसमितिका अध्यक्ष दिनेश्वरप्रसाद राजवंशीको अध्यक्षता तथा मेचीनगर नगरपालिकाका मेयर विमल आचार्यको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा राजवंशी समाज विकास समितीका सस्थापक अध्यक्ष फुलसिहं राजवंशीले विश्व वीर पुरुष चिल्हारायर ( सुक्लध्वज ) कोे वारेमा चर्चा गरेका थिए ।

कार्याक्रममा मेचीनगर नगरपालिकाकी उपप्रमुख मिना पोखरेल, मेचीनगर – ७ का वडाध्यक्ष चन्दन मेचे, मेचीनगर –८ का वडाध्यक्ष बिकेन्द धिमाल, राजवंशी समाज बिकास समितिका केन्द्रिय कार्यवाहक अध्यक्ष मोहन राजवंशी, सिचाइ तथा जलस्रोत डिभिजन झापाका प्रमुख कृष्ण राजवशी, नेपाल आदिवासी जनजाती महासघ मेचिनगर समन्वय समितिका अध्यक्ष ओमप्रकाश खापुङ, कोचिला गाभुर फ्रन्टका केन्द्रिय अध्यक्ष अभय राजवंशी, राजवशी महिला समाजकी केन्द्रिय अध्यक्ष सनम राजवंशी,  राजवंशी समाज बिकास समितिका केन्द्रिय सल्लाहकार सदस्य कुबेर राजवंशीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

 

सोही कार्यक्रममा कोच कबिता प्रतियोगिता तथा लोक साँस्कृतिक कार्यक्रम गरिएको थियो । कोच कविता प्रतियोगितामा रेवती राजवंशी प्रथम, अनिता राजवंशी दोस्रो र विशाल राजवंशी तेस्रो भएका थिए । उनीहरुलाई क्रमशः पाँच हजार, तीन हजार र दुई हजार प्रदान गरिएको थियो ।

सोही कार्यक्रकमा कोच समुदायका १० जना ब्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा प्रहरी नायव उपरिक्षक (डिएसपी) चन्दकुमार राजवंशी, बिर्तामोड आई केयर सेन्टरका ठुमन राजवंशी, इन्जिनियर प्रदिप राजवंशी, समाजसेवी उतम राजवंशी, रेवती राजवंशी, खोका राजवंशी ,ज्ञानुप्रसाद राजवंशी , झवन राजवंशी, भरत राजवंशी,  देवशरी फिल्मस् युनिटलगायत रहेका छन् ।

कार्यक्रममा बङ्गाल कुचबिहारबाट आएका भावैया गायिका सिल्पी टुम्पा बर्मन र बसुमती सिंहको बिशेष प्रस्तुती रहेको थियो ।  राजवंशी समाज विकास समिति मेचीनगरका अध्यक्ष दिनेश राजवंशीले स्वागत गरेको कार्यक्रमको सञ्चालन राजवंशी समाज विकास समिति मेचीनगरका सचिव मुनिलाल राजवंशी र ममता राजवंशीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here