नेपालमा साना विद्यार्थीको सुरक्षाको सवाल

१७ फाल्गुन २०७७, सोमबार मा प्रकाशित
  • 963
  •  
  •  
  •  
  •  
  •  
    963
    Shares

नेपालको जनसंख्याको लगभग एक तिहाइको संख्या रहेको साना विद्यार्थी सदैव सुरक्षा संवेदनशील अवस्थामा रहेका छन् । कलिलो उमेरका विद्यार्थी विद्यालयमा आउँदा जाँदा जोखिमका अनेकौं श्रृंखला पार गर्नुपर्ने हुन्छ । बाढीको सम्भावना, पहिरो, ठूला रुखहरू, ढुङ्गा खस्न सक्ने ठाउँ, बिजुलीको खम्बा र टावर, सिमाना पर्खालको अवस्था, विद्यालयमा आवत–जावत गर्ने बाटोको अवस्था, विद्यालय भवनको अवस्था (चर्काइको अवस्था, भ्mयाल ढोका, फर्निचर, शौचालय), प्रत्येक कक्षाभित्र सुरक्षित तथा असुरक्षित स्थानको पहिचान, छिमेकीको भवनको अन्तरनिहित कमजोरी, खुल्ला ठाउँसम्मको दूरी आदि अनेकौं व्यवधानहरु छन् । विपद्पछिको अवस्था मनोसामाजिक समस्याबाट भैmं–झगडा, हिंसा (यौनजन्य समेत) हुन सक्दछन् ।

स–साना नानीहरुलाई जोखिमबाट बचाएर सहज रुपमा शिक्षा दिनका लागि सुरक्षा सम्बन्धी गम्भीरता हुन जरुरी हुन्छ । नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बृहत् विद्यालय सुरक्षा गुरुयोजना निर्माण गरेको छ । गुरुयोजनाले प्रत्येक बालबालिकाको अधिकार र गुणस्तरीय सिकाइ वातावरण सुनिश्चित गर्ने लक्ष्य लिएको छ । सरकारले विद्यालय क्षेत्र विकासका लागि रणनीतिक रूपमा विद्यालय क्षेत्र विकास योजना (२०१६÷१७÷२०२२÷२३) लागू गरेको छ । बृहत् विद्यालय सुरक्षामा विपद् उत्थानशीलता अभिवृद्धि गर्नु यस योजनाको महत्वपूर्ण कार्य हो । यस कार्यलाई सुनिश्चित गर्न बृहत् विद्यालय सुरक्षा न्यूनतम् प्याकेज निर्माण गरी प्रत्येक विद्यालयको सुरक्षा सुनिश्चित गर्न स्थानीय तह, प्रादेशिक र संघीय सरकारको भूमिका निर्धारण गरेको छ ।

नेपालमा निरन्तर दोहोरिने प्रकोपका कारण विद्यालयका संरचनामा हुने क्षति, शिक्षण सिकाइमा हुने अवरोध, विद्यार्थीले विद्यालय छोड्न बाध्य हुने अवस्था र स्थानीय समुदायको उत्थानशीलता अभिवृद्धिमा आउने अवरोध मननीय पक्ष हुन् । परिणामस्वरूप विद्यार्थीले विद्यालयमा सुरक्षित र गुणस्तरीय सिकाइ वातावरण प्राप्त गर्न सकिरहेका छैनन् । विद्यालय सुरक्षाका निमित्त विपद् जोखिम न्यूनीकरण र उत्थानशीलताका लागि विश्वव्यापी सञ्जाल र संयुक्त राष्ट्रसंघीय विपद् जोखिम न्यूनीकरण सचिवालयले बृहत् विद्यालय सुरक्षा ढाँचा तयार गरेको छ । यस ढाँचामा सुरक्षित सिकाइ सुविधा, विद्यालय विपद् व्यवस्थापन र जोखिम न्यूनीकरण र उत्थानशील शिक्षासहितका तीन वटा आधारस्तम्भ रहेका छन् । नेपालको शिक्षा क्षेत्रलाई सुरक्षित र गुणस्तरीय सिकाइ वातावरण विकासका निमित्त उल्लिखित तीन वटा आधारस्तम्भले लिएको लक्ष्य प्राप्त गर्न शिक्षा क्षेत्रका नीति, ऐन, नियम र संघीय, प्रादेशिक र स्थानीय तहका योजनाका साथै स्थानीय विपद् तथा जलवायु उत्थानशील योजनामा समायोजन गर्नु आवश्यक रहेको छ । यसका लागि शिक्षा क्षेत्रको प्रकोप लेखाजोखा गर्दा बालबालिकालाई केन्द्रमा राख्नु जरुरी छ ।

विश्वव्यापी रूपमा विद्यालय सुरक्षाको विषय सन् १९९७ बाट उठेको भए पनि नेपालमा यसलाई विपद् जोखिम न्यूनीकरणका लागि प्राथमिकता प्राप्त कार्यव्रmम सन् २०११ ले स्वीकार गरेर अघि बढाएको थियो । तथापि विद्यालय सुरक्षाको विषय नीतिगत रूपमा मूलप्रवाहीकरण भइनसकेका कारण सुरक्षित विद्यालयको अभियानबाट नेपालले यथेष्ठ लाभ भने पाउन सकेन । परिणामस्वरूप बृहत् विद्यालय सुरक्षा सम्बन्धमा शिक्षा क्षेत्रका सरोकारवालाहरू अर्थात् विद्यालय व्यवस्थापन समिति र स्थानीय सरकार अहिलेसम्म पनि पूर्ण जानकार हुन सकेका छैनन् । विपद् जोखिम न्यूनीकरणका कार्यले अझैसम्म पनि प्राथमिकता नपाएका कारण यसलाई अतिरिक्त कार्यका रूपमा लिने गरिएको छ ।

विद्यालय सुरक्षाको पहिलो आधारस्तम्भ सुविधायुक्त सुरक्षित विद्यालय हो । विद्यालय क्षेत्र विकास योजनाबाट पहिचान भएका विभिन्न पाँच ओटा क्षेत्रमध्ये विद्यालय सुरक्षा र उत्थानशील शिक्षाको प्रवद्र्धनलाई विद्यालय शिक्षाको महत्वपूर्ण क्षेत्रका रूपमा स्वीकार गरियो । गुरुयोजनामा बृहत् विद्यालय सुरक्षा न्यूनतम् प्याकेज, बृहत् विद्यालय सुरक्षा कार्यान्वयन कार्यविधि र बृहत् विद्यालय सुरक्षा सूचना तथा सञ्चार रणनीति जस्ता तीन वटा दस्तावेजले बृहत् विद्यालय सुरक्षाको न्यूनतम् प्याकेजको प्रभावकारी कार्यान्वयन गर्न आवश्यक औजार र विधिसहित सहजीकरण गर्नेछ । प्रत्येक विद्यालयमा लैङ्गिक समानता तथा सामाजिक समावेशी सम्पर्क शिक्षक तोक्ने र उक्त शिक्षकको जिम्मेवारी विद्यालय सुरक्षाको प्रवद्र्धन, विद्यार्थीको संरक्षण र विद्यालयका सबै शैक्षिक क्रियाकलापमा सङ्कटासन्न र सीमान्तकृत बालबालिकाको सहभागिता सहज गराउनु हुनेछ ।

शिक्षक र विद्यार्थीलाई मृत्यु र घाइते हुनबाट बचाउने, विपद्पछि विद्यालयलाई निरन्तरता दिनसक्ने वातावरण तयार गर्ने, शिक्षामा गरिने लगानीको सुरक्षा सुनिश्चित गर्ने वातावरण बनाउने, शिक्षाका माध्यमबाट विपद् जोखिम न्यूनीकरण र उत्थानशीलता सशक्तिकरण गर्ने गर्नुपर्ने गुरुयोजनाले दिशानिर्देश गर्दछ । सम्भावित प्रकोपलाई सम्बोधन गर्नेगरी भौतिक संरचनाको निर्माण, पुनर्निर्माण र प्रबलीकरणलाई सुनिश्चित गर्दै विद्यालयको सुरक्षामा सुधार गर्नु, विद्यालय शिक्षाको क्षेत्रमा संघ, प्रदेश, स्थानीय र विद्यालय तहसम्म विपद् जोखिम न्यूनीकरणलाई मूलप्रवाहीकरण गरी संस्थागत व्यवस्था सुनिश्चित गर्न सहजीकरण गर्नु, बृहत् विद्यालय सुरक्षा सम्बन्धी विषयवस्तु पाठ्यव्रmममा समावेश गरी पठनपाठन गर्नु र सोको शिक्षण सिकाइ अभ्यासलाई परिष्कृत गरी विद्यार्थी, शिक्षक, विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघसम्म सम्प्रेषण गर्न सहजीकरण गर्नु, बृहत् विद्यालय सुरक्षा न्यूनतम् प्याकेजको कार्यान्वयन गर्न विद्यालय र स्थानीय सरकारको क्षमता विकास गरी शिक्षा क्षेत्रका उल्लिखित उद्देश्य पूरा गर्न संस्थागत क्षमता अभिवृद्धि गर्नु आवश्यक छ । गुरुयोजनाले विद्यालय र स्थानीय सरकारका निमित्त मार्गदर्शन गर्दछ । विद्यालय तहमा विपद् जोखिम न्यूनीकरणको लागि सबै पक्षले गम्भीर हुनु जरुरी छ ।

विद्यालयलाई सुरक्षित र शान्ति क्षेत्रको रुपमा विकास गर्न जरुरी छ । नेपाल सरकारले सबैका लागि समतामूलक र गुणस्तरीय शिक्षामा पहुँच कायम गर्न महत्वपूर्ण कार्यक्रमका रुपमा ‘विद्यालय क्षेत्र विकास योजना’ कार्यान्वयन गरेको छ । नेपाल सरकार र संयुक्त वित्तीय सहयोगी संस्थाहरुले समन्वयात्मक रुपमा काम गर्न आवश्यक छ । वातावरण मैत्री तथा बालमैत्री नीतिनियम बनाउन आवश्यक छ । विद्यालय सुरक्षा र विपद् जोखिम न्यूनीकरणको समेत काम छ । वातावरणीय जोखिम वा असरहरु पहिचान गर्ने, अध्ययन गरी रेकर्ड राख्ने, न्यूनीकरणका उपायहरु अवलम्बन गर्ने र ती कार्यहरु भए नभएको अनुगमन तथा मूल्याङ्कन गर्ने नियम तथा निर्देशिका र जिम्मेवारीहरु आदिका बारेमा मार्गदर्शन गर्दछ । तसर्थ विद्यालयका विद्यार्थीको सुरक्षाका बारेमा नेपाल सरकार, शिक्षक, अभिभावक सबैसँग हातेमालो गर्दै अघि बढ्न आवश्यक छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here