नक्कली फेसबुक पेज बनाउने पक्राउ

१७ फाल्गुन २०७७, सोमबार मा प्रकाशित

झापा ।

प्रहरीले साइबर व्यूरोको नक्कली फेसबुक पेज बनाउने एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीको साइबर व्यूरोको टोलीले आफ्नो संस्थाको नाममा फेसबुक पेज बनाएर विभिन्न व्यक्तिसँग कुराकानी गरेको आरोपमा कपिलवस्तुका १८ वर्षीय प्रज्ज्वल पोखरेललाई पक्राउ गरेको हो ।

व्यूरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक नवीन्द्र अर्यालले प्रहरीको नक्कली फेसबुक पेज बनाएर नेपाल प्रहरीको छवि बिगार्ने र प्रहरीले गरेको कामकाजप्रति भ्रम फैलाउने र आपराधिक क्रियाकलाप गर्दै हिँडेकाले पोखरेललाई रुपन्देहीबाट पक्राउ गरी सार्वजनिक गरेको जानकारी दिए ।

पक्राउ परेका पोखरेललाई विद्युतीय कारोवार ऐन, २०६३ अनुसार अनुसन्धानका लागि जिल्ला अदालत, काठमाडौँले दिएको पक्राउ अनुमतिपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनले प्रहरीको नक्कली पेज बनाएर आर्थिक लाभसमेत लिन खोजेको प्रहरीको भनाइ छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here