पाउ पाथीभरा समितिको अध्यक्षमा तिलक गिरी

१७ फाल्गुन २०७७, सोमबार मा प्रकाशित

बिर्तामोड।

झापाको मेचीनगर स्थित पाउ पाथीभरा उत्तरगंगा प्रवेशद्वार पर्यटन प्रवद्र्धन समिति चारआलीको अध्यक्षमा तिलकप्रसाद गिरी चयन भएका छन् ।

निर्विरोध निर्वाचित समितिको वरिष्ठ उपाध्यक्ष यमनाथ बराल, उपाध्यक्ष पुष्पराज कार्की, सचिव नवराज भट्टराई, सहसचिव अर्जुन थेवे र कोषाध्यक्षमा प्रकाश बाँस्तोला चयन भएका छन् ।

समितिको सदस्यहरुमा रामप्रसाद प्याकुरेल, श्रीराम मरासिनी, रेवतकुमार दाहाल, देवीप्रसाद भट्टराई, राधिका क्षेत्री गुरुङ, पुष्पादेवी बोखिम, सविना बजगाईँ, उर्मिला पौडेल र यशोदा श्रेष्ठ रहेका छन् ।

पाउ पाथीभरा मन्दिर परिसरमा सोमवार सम्पन्न कार्यक्रममा निर्वाचन समितिका संयोजक माधव प्याकुरेलले नव निर्वाचित समितिको नाम घोषणा गर्दै सपथ ग्रहण गराएका थिए । कार्यक्रममा निर्वाचन समितिका सदस्यहरु सुदर्शन बराल र विश्व थापाले खादा र प्रमाणपत्र प्रदान गरेका थिए ।

नव निर्वाचित अध्यक्ष गिरीले प्रतिबद्धता मन्तव्य राखेको कार्यक्रममा समितिका निवर्तमान उपाध्यक्ष लोकराज ढकाल र संस्थापक अध्यक्ष हरिचरण बानियाँले मन्तव्य राख्दै नवगठित समितिलाई शुभकामना दिएका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here