नेपाली चलचित्र उद्योगहरु चलायमान

१७ फाल्गुन २०७७, सोमबार मा प्रकाशित

बिर्तामोड ।

कोरोना भाइरस कोभिड १९ को कारण ठप्प भएको नेपाली चलचित्र उद्योगहरु चलायमान हुन थालेको छ ।

देशभर साना तथा ठुला पर्दाका चलचित्रहरु धमाधम बन्न थाले संगै नेपालको पुर्वी जिल्ला झापामा पनि यसको प्रभाव परेको छ ।

नेपाली कथानक चलचित्र खतरनाक क्यारेङ ग्याङ,कृष्ण लिला जस्ता ठुला पर्दाका चलचित्रहरुको छा“याङ्कन सकिए पछि अन्य साना तथा ठुला पर्दाका म्युजिक भिडीयो,हास्य टेली सिरीयल साथै सर्ट मोभीहरु तिब्र गतीमा निर्माण भईरहेका छन् ।

अहिले झापाका विभिन्न स्थानमा निर्देशक हिमाली लिङदेन र सहनिर्देशक अनुराग कट्टेल द्वारा निर्देशित “सुलसुल”र “जो हास्छ ऊ धेरै बाच्छ” नामक नेपाली कथानक हास्य टेलीसिरीयलको छा“याङ्कन भईरहेको छ ।

एच पि इन्टरटेनमेन्टबाट हरेक शुक्रबार “सुलुसुले” र शनिबार “जो हाँस्छ ऊ धेरै बाच्छ” प्रसारण हुने निर्देशक लिङदेनले बताइन् ।

तिलक रिजालको सम्पादन,बिरु गुरुङको लेखन,विकास चौधरीको संगित तथा हरी उप्रेती द्वारा स्वरांकीत यो टेलीसिरीयलमा कलाकारहरु विक्रम कुमार दाहाल,केशव निरौला(जुँगे), विक्रम धिमाल, तिलक रिजाल, निशा आचार्य, मनिषा विक, पार्वती तामाङ, भूपेन्द्र लिङदेनन(मन्त्री), गजेन्द्र तामाङ, इमेन्जेलिना तामाङ र बियल राई(चुँण्डीलाल)लगायत रहेका छन् ।

राधिका उप्रेतिले निर्मीत उक्त टेलीसिरीयलमा समाजमा भएका घट््नाहरुलाई हाँस्यव्याँङग्यको माध्यमबाट टेलीसिरीयल मार्फत देखाउन खोजिएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here